The temple of Daunne Devi is located in Dumkibas VDC of Navalparasi District, situated on a hillock, at an altitude of 1033 metres, the temple is said to have existed long before the present structure was built in 1823 AD by a person named Prabhakar. The present temple houses an idol of Daunne Devi donated by the Rana prime minister, Junga Bahadur Rana. According to local legend, the hillock was named Trikuta Hill and numerous sages, including Balmiki, used to meditate there. Even today the ruins of older temples and religious structures are still visible. 

Besides Navaratra and Chaite Dashain, Shivaratri and Saturdays during the months of Shrawan are considered auspicious occasions to visit the temple.

दाउन्ने देवी मन्दिर नवलपरासी जिल्लाको दुम्कीवास गा.वि.स.–५ मा पर्दछ । यी देवीको मन्दिर दाउन्ने बजारदेखि १,०३३ मिटरमाथि दाउन्ने पहाडमा अवस्थित छ । दाउन्ने पर्वत क्षेत्रलाई पौराणिक युगमा त्रिकुट पर्वत भनिने र त्यस स्थानमा वाल्मीकि लगायतका ऋषिमुनिले तपस्या गर्ने गर्दथे भन्ने जनविश्वास छ । यस स्थानमा धेरै पहिलेदेखि नै देवीको सामान्य थान रहेको हुन सक्दछ । पछि वि.सं. १८८० सालमा प्रभाकर नामक व्यक्तिले दाउन्ने माईदेवीको मन्दिर निर्माण गराएको उल्लेख पाइन्छ । तर वर्तमानको दाउन्ने देवीको मूर्ति भने राणा प्रधानमन्त्री जंगबहादुरले चढाएको विश्वास गरिन्छ ।

दाउन्ने देवी मन्दिरमा देवीका साथै कैलाश बाबा धाम, बौद्ध गुम्बा, लक्ष्मी नारायण, बोधिसइभ्व चैत्य, चैतन्य गुम्बा, धर्मशाला, वृद्धाश्रम, छात्रावास, विद्यालय, विवाहमण्डप, ध्यानकुटी, भिक्षुणी आश्रम र अन्य जीर्ण मठमन्दिरहरू छन् । यहाँ बडादशैं र चैतेदशैंका अवसरमा भक्तहरूको ठूलो भीड लाग्ने गर्दछ । शिवरात्रि र साउने सोमबारहरूमा समेत यहाँका शिवालयमा भक्तहरूको घुइँचो लाग्ने गरेको छ । यहाँका गुम्बामा बौद्ध धर्मका अनुयायीहरूको बाक्लै आवतजावत हुने गरेको छ ।