Photos: Churiya Mai, Makawanpur चुरिया माइ मकवानपुर

मकवानपुर जिल्लाको हेटौडा–वीरगन्ज मार्गछेउ चुरे पर्वत श्रेणीमा चुरिया माईको मन्दिर रहेको छ । यही मन्दिरको नामका आधारमा गाउँको नाम चुरिया राखिएको हो । चुरे पर्वत शृंखलामा रहेका कारण चुरिया नामकरण गरिएको हो ।
चुरिया माईको स्थापना राणाकालमा भएको मानिन्छ । राणाकालमा यस क्षेत्रमा नेपालको पहिलो सुरुङ मार्ग बनेको थियो । यही मार्गको दक्षिणी मोहडामा चुरिया माईको मन्दिर छ । प्रथम विश्वयुद्धताका अमलेखगन्जदेखि भीमफेदीसम्म बाटो निर्माण गरिएको थियो । ब्रिटिस इन्डियाको सैनिक सेवामा भर्ती भएका नेपालीहरू यही बाटो नेपाल फर्कने गर्दथे ।
चुरिया माईलाई आप्mना भक्तहरूको मनोकांक्षा पूरा गर्ने देवी मानिन्छ । पूर्वपश्चिम राजमार्गछेउमै पर्ने हुनाले चुरिया माईको ख्याति पनि नेपालको ठूलो क्षेत्रसम्म फैलिएको छ । शनिबार र मंगलबार चुरिया माई मन्दिरमा भक्तहरूको भीड लाग्ने गर्दछ । यहाँ मेला लाग्ने मुख्य अवसर बडादशैं हो । अन्य विभिन्न उत्सव र पर्वहरूमा समेत चुरिया माई क्षेत्रमा भक्तहरूको जमघट लाग्ने गर्दछ ।
 

Situated on the Hetauda--Birgunj highway in a village that derives its name from its patron goddess, the Churiya Mai Temple was built during the Rana era at the Southern end of the newly-built underground road.

Churiya Mai is a popular temple because of its location near the highway, and also because the Goddess is said to fulfil the desires of her devotees. Tuesdays and Saturdays and the festival of Navaratra -- during which many festivities are organized -- are considered propitious occasions to visit the temple.