Photos: Chinna Masta, Saptari छिन्नमस्ता सप्तरी

Chhinnamasta -- named so because her neck was cut off -- was the palace goddess of Tirhute of Simroungadh, and this temple was established in Sakhada, South of present day Rajbiraj, by a Tirhute king named Sakra Singh between 1257 and 1305 AD. The original temple was a small, simple, tin-roofed structure and it was rebuilt in its present form after King Birendra donated five hundred thousand rupees towards its reconstruction.

Chhinnamasta is a famous Shakti Pitha and attracts thousands of pilgrims not only from Nepal but also from neighbouring India. Thousands of goats are sacrificed here every year, especially during the Nauratha festival during Navaratra.

Other than the main temple of Chhinnamasta, the Sakhada temple area also houses temples of Dakshinkali, Mahishasumardini, Chamunda, Bhairavi, and Panchabhagani.

सप्तरी जिल्लाको सखडा गा.वि.स.मा पर्ने प्रसिद्ध सखडा देवीलाई छिन्नमस्ता भन्ने गरिन्छ । शिर छिनेकी देवीका रूपमा यिनलाई छिन्नमस्ता भनिएको हो । सखडामा पर्ने हुनाले यो स्थान छिन्नमस्ताभन्दा पनि सखडा देवीका नामले प्रसिद्ध छ । सप्तरीको सदरमुकाम राजविराजदेखि करिब ११ किलोमिटर दक्षिणमा अवस्थित सखडा भगवतीको ख्याति नेपालको ठूलो क्षेत्र र उत्तर भारतीय क्षेत्रमा समेत फैलिएको पाइन्छ । छिन्नमस्ता मध्यकालिक तिरहुते राजाहरूकी इष्टदेवी मानिन्छिन् । तसर्थ यिनको स्थापना पनि तिरहुते राजा नान्य देवका पाँचौं पुस्ताका शक्रसिंहले गराएको मानिन्छ । शक्रसिंहको समय वि.सं. १२५७–१३०३ मानिने हुँदा छिन्नमस्ताको स्थापना त्यही समयतिर भएको मानिएको हो । तिरहुतेहरूले त्यस्तै स्वरूपको छिन्नमस्ताको मन्दिर उनीहरूको राजधानी सहर सिम्रौनगढमा पनि स्थापना गराएका थिए । प्रारम्भमा यो मन्दिर सामान्य स्वरूपको थियो भने पछि त्यसलाई टिनको छाना हाली पुनर्निर्माण गरियो । हाल सखडा देवीको मन्दिर भव्य तीन तहको छानायुक्त स्वरूपमा नेपाली तले शैलीमा निर्माण गरिएको छ । वि.सं. २०४४ सालमा तात्कालिक राजा वीरेन्द्रले यहाँ दर्शन गरी पाँच लाख रुपैयाँ प्रदान गरेकाले त्यसैबाट छिन्नमस्ताको भव्य मन्दिर निर्माण गरिएको हो ।
शक्तिपीठका रूपमा यस स्थानमा दशैंको समयमा बोकाको बलि दिने चलन छ । अन्य अवसरहरूमा पनि प्रायः भक्तजनहरू छिन्नमस्ताको दर्शन गर्न आइरहने भए पनि विशेष गरी दशैंको नौरथाको समयमा भने यहाँ ठूलो मेला लाग्ने गर्दछ । नौरथाको षष्ठीदेखि नवमीसम्म त यहाँ धेरै टाढाटाढादेखिका श्रद्धालुहरूसमेत पशुबलि दिन आउने गर्दछन् । उत्तर भारतीयहरूमा पनि यी देवीप्रति गहिरो आस्था र विश्वास रहेकाले बर्सेनि सयौंको संख्यामा भारतीयहरूसमेत यस स्थानको भ्रमणमा आउने गरेका छन् । यस स्थानमा दक्षिणकाली, महिषासुरमर्दिनी, चामुण्डा, भैरवी, छिन्नमस्ता र पञ्चभगिनीका मूर्तिहरू पनि छन् । यहाँ भाकल गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।