Photos: Bhutan Devi, Hetauda भुटन देवी हेटाैंडा

मकवानपुर जिल्लाको हेटौडा नगरपालिका बजारको बीचभागमा भुटनदेवीको प्रसिद्ध मन्दिर छ । महाभारत महाकाव्यमा वर्णित हिडम्बा राक्षसीकी बहिनीका रूपमा भुटन देवीलाई लिने गरिन्छ । तर भुटनदेवी भने राक्षसी नभएर साक्षात् देवी हुन् भन्ने जनविश्वास छ । दुई तहको छानायुक्त नेपाली तले शैलीमा निर्मित भुटन देवीको मन्दिरले मध्यकालिक नेपाली शैलीलाई दर्शाउने गर्दछ । यो मन्दिरको स्थापना मध्यकालतिर मकवानपुरे सेनहरूले गराएको मानिन्छ । पछि वि.सं. २०२८ सालमा यसको जीर्णोद्धार गरिएको थियो । तर यहाँ पुराना घण्टीहरू करिब १०० वर्ष अगाडिदेखिका पाइएका छन् । भुटनदेवी मन्दिरछेउ लक्ष्मीनारायण र गणेश लगायतका देवीदेवताका मूर्ति र मन्दिरहरू पनि छन् । भुटनदेवी मन्दिर पुरानो कला र संस्कृतिको परिचायक हो । हेटौडाको यस मन्दिर भेगमा प्रायः श्रद्धालुहरूको भीड भई नै रहन्छ । शनिबारका दिन झन् ठूलो भीड हुन्छ । दशैंको नौरथाको समयमा यहाँ ठूलो मेला लाग्दछ ।

 

The famous temple of Bhutan Devi is located at the heart of Hetauda in Makwanpur District. According to the Mahabharata, Bhutan Devi was the sister of Hidamba, a demoness who later married Bhima.

The temple was built in the Nepalese pagoda style during the Mandivian era by the Sen rulers of Makwanpur. The object of worship is an attractive bronze idol of the deity, and the temple is also famous for its bells, some of which are hundreds of years old. Devotees visit the temple throughout the year, in particular during Saturdays and the festival of Navaratra.