Photos: Bhat Bhateni Temple भाट भटेनी

काठमाडौंको हाँडीगाउँछेउ भाटभटेनीको प्रसिद्ध मन्दिर छ, जहाँ पूजाआजा हुने देवता भने भाटभटेनी हुन् । भाटभटेनी कुन देवता थिए भन्ने सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ । त्यस अनुसार, उपत्यकाको पानी चोभारको डाँडाबाट बाहिर पठाएर श्रीकृष्णले उपत्यकालाई बसोबास योग्य बनाएपछि हालको हाँडीगाउँ क्षेत्रमा एक जना भट्ट र भट्टेनी जोडी बस्दथे रे । उनीहरूले अघिल्लो जन्ममा नै विष्णुलाई आप्mनो छोराका रूपमा प्राप्त गर्न सक्ने वरदान पाएका रहेछन् । त्यसै अनुरूप विशालनगर क्षेत्रमा बसोबास गर्ने भट्टभट्टेनीका कोखबाट नारायणले जन्म लिन पुगेछन् । भाटभटेनीको माथि वर्णित कथा अनुसार छोराका रूपमा जन्मिएका विष्णुको चाकर गरी बसिरहेको समयमा एक पटक गरुडले तिनको छोरालाई भगाएर आकाशमा पुर्याएछ । त्यसपछि भाटभटेनी पनि आप्mनो तान्त्रिक बलले आकाशमा पुगी छोरो फिर्ता ल्याउन प्रयास गर्दा तिनका छोराले आफु विष्णु भएको, तिनीहरूले मागेको वरदान पूरा गर्न यसरी जन्म लिएको तथा आफु विष्णु भएकाले सधैं त्यसरी उनको छोरा भएर उनीहरूसँग बस्न नमिल्ने बताएछन् । साथै तिनीहरूलााई आकाशचारिणी देवीदेवताका रूपमा लोकले पुज्नेछ समेत भनेका रहेछन् । त्यसपछि तिनै भट्टभट्टेनी काठमाडौंमा भाटभटेनीका रूपमा पूजित हुन लागेछन् । अन्तरिक्षचारी भूत, प्रेत र पिशाचले आप्mना बालबच्चालाई सताएमा या दुख दिएमा भाटभटेनीको पूजा–उपासना गर्दा तिनीहरूको प्रकोप हट्छ भन्ने जनविश्वास छ । हाल भाटभटेनीलाई आकाशमा झुन्डिएका देवीदेवता र साक्षात् विष्णु र लक्ष्मीका रूपमा पूजाआजा गर्ने चलन छ । भाटभटेनीको अभ्युदयका बारेमा स्थानीय जनमानसमा प्रचलित अन्य प्रकारका किंवदन्ती अनुसार, कुनै समयमा आफ्नो घरमा डेरा बस्ने व्यक्तिले भाटभटेनीलाई आफ्नाे गरगहना सुरक्षित राखिदिनका लागि दिएछन् । पछि उक्त नासो भाटभटेनीले फिर्ता गरेनछन् । यसबाट पीडित व्यक्तिले अर्काको नासो फिर्ता नगर्ने व्यक्तिको धरतीमा वास नहोस् भन्ने श्राप दिएकाले यिनको मूर्ति आकाशमा झुन्डिएको अवस्थामा रहेका हुन् ।
यहाँ टुँडालदेवी, भाटभटेनी र महामाजुदेवीको रथयात्रा पनि गरिन्छ । चैत पूर्णिमाका दिन यी देवीहरूको रथयात्रा गर्ने चलन छ । भाटभटेनी मन्दिर निकै भव्य छ, जसमा मूर्तिहरू भने आकाशमा झुन्डिएको जस्तो गरी निर्माण गरिएका छन् । यहाँ श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गरेको छ ।

 

The famous temple of Bhatbhateni is situated in the Handigaun area of Kathmandu. The deities worshipped here are a married couple -- a Bhatta and his wife, the Bhattini, who, according to legend, in keeping with a boon received in an earlier life, gave birth to an incarnation of Lord Vishnu. It is said that when an eagle carried the child away, the couple, using tantric powers, flew after the bird, but were unable to bring the child back as he said his promise to them had been fulfilled; instead, he blessed them so that they would always be worshipped as the flying god and goddess.

Another legend, however, states that the idols found in the temple are those of a couple cursed to dangle from the sky forever because they would not return the precious ornaments given to them for safekeeping to their rightful owners. The temple of Bhatbhateni is famous as one that blesses and cures sick children, and devotees often visit it with their children in tow. Devotees also worship the deities as incarnations of Vishnu and Laxmi, and the idol of the couples' child as Bal Gopal. The idol of Bhatbhateni is also carried in the chariot during the Rathjatra of Bhatbhateni, Tundaldevi, and Mahamajudevi, which is organized on Chaitra Purnima.