Photos: Bhadrakali, Kathmandu भद्रकाली काठमाण्डाै

 

काठमाडौंको टुँडिखेलको पूर्वतिर बाटाको बीचमा भद्रकालीको प्रसिद्ध मन्दिर छ । नवदुर्गा र दश महाविद्यामध्येकी एक देवी भद्रकालीको स्थापना पूर्वमध्यकालका राजा गुणकामदेवले कलिगत संवत् ३८२५ मा गराएको मानिन्छ । उक्त मन्दिरबाट नेपाल संवत् ८५० मा अमर मल्लले प्रत्येक वर्ष प्रेतचतुर्दशीका दिन रथयात्रा गर्ने परम्परा बसाए । भद्रकालीको स्थापनाका बारेमा प्रचलित किंवदन्ती अनुसार, प्राचीन कालमा उपत्यकाका एक जना किसानले रोपाइँ गर्दा एउटी बालिकालाई खेतमा रोइरहेको अवस्थामा भेटेछन् । ती किसानले बालिकालाई नरोऊ भनी फकाएछन् । जति फकाउँदा पनि बालिका रुन नछाडेपछि किसानले आफूलाई खाजाका लागि ल्याएको रोटी खान दिएछन् । रोटी पाएपछि ती बालिका रुन छाडेर हाँसिछन् र लगत्तै अन्तध्र्यान भइछन् । किसानले उनलाई दिएको पीठोको रोटी भने सुनको रोटीमा परिणत भएछ । नेवारी भाषामा ‘लुं’ को अर्थ सुन र ‘मडी’ को अर्थ रोटी हुने हुँदा ती बालिकालाई किसानले साक्षात् देवी मान्दै लुमडी देवी भन्न लागेछन् । तसर्थ भद्रकालीलाई लुमडी भगवती पनि भन्ने गरिन्छ । माथि वर्णित किंवदन्ती अनुसार, किसानले साक्षात् देवी मानेकी लुमडी भगवती अन्तध्र्यान भएपछि यो कुरा राजा गुणकामदेवकहाँ पुगेछ । त्यसपछि राजा गुणकामदेवले त्यस स्थानलाई देवीको वासस्थान मानी त्यहाँ भद्रकाली पीठको स्थापना गरेछन् । देवी रूपकी बालिका देखिएको स्थानमा ती किसानले नौ वटी देवीको स्तुति गर्दै आएछन् । यसरी भद्रकालीलाई नवदुर्गामध्येकी प्रख्यात देवी र उक्त स्थानलाई नेपालको प्रख्यात शक्तिपीठका रूपमा पूजाआजा गर्न लागिएछ । हालसम्म पनि दशैंको नवरात्र र अन्य अवसरमा तान्त्रिक परम्परा अनुरूप भद्रकालीको पूजाआजा हुने गरेको छ ।

The Bhadrakali Temple is situated on the road East of Tundikhel and is built in honour of one of the most famous goddesses of the Navadurga and Dasamahavidya group. It is believed that the temple was first established during the time of Gunakamadeva and that Amar Malla started the system of Rathajatra for the goddess on Preta Chaturdashi. Today, the temple of Bhadrakali is a fine multi-tiered structure and is counted among the most important Shakti Pithas of Kathmandu.

According to legend, a farmer once found a girl weeping in the middle of a field and when he gave her a loaf of bread to console her she turned the bread to gold. Thus, the goddess is also sometimes known as Lumdi Bhagawati, Lumdi being the word for golden bread in Newari. The king of Kathmandu, upon hearing the farmer's story, established a pitha of Bhagawati at the place, but as the farmer had prayed to nine goddesses there the temple is the centre for Navadurga.

Today the goddess is worshipped primarily as a tantric deity and a lot of devotees visit the temple during Navadurga Puja.