Photos: Annapurna Ason अन्नपुर्ण असन

उपत्यकाको प्रसिद्ध अन्नपूर्णा मन्दिर काठमाडौंको असनमा अवस्थित छ । व्यस्त सहरको चोकमा रहेको यो मन्दिर नेपाली तले शैलीको छ । यसका छानाहरू धातुका छन् र तिनमा सुनको मोलम्बा लगाइएको छ । विभिन्न प्रकारका कलाकारिताले सुसज्जित यस मन्दिरमा अन्नपूर्णाको कलश आकारको मूर्ति छ । यो मन्दिर मध्यकालतिर स्थापना गरिएको मानिन्छ । अन्नपूर्णाको कलश आकारको मूर्तिभित्र भमराहरू थुनिएका छन् भन्ने जनविश्वास छ । यी देवीलाई योगाञ्चरा र ज्ञानेश्वरी नामले समेत पुजिन्छ । हिन्दू र बौद्ध दुवै समुदायद्वारा पुजिने यी देवीको ख्याति अन्यत्र त्यति फैलिएको नपाइए पनि असन क्षेत्रका बासिन्दाहरू यिनलाई भक्तहरूको मनोकांक्षा पूरा गर्ने साक्षात् देवी मान्छन् । माजु अजिमाका नाममा समेत पुजिने यी देवी व्यस्त सहरको बीचमा रहेकाले यहाँ सधैं भक्तहरूको भीड भई नै रहन्छ 

The temple of Annapurna -- also known as Yoganrhara, Gyaneshwori, and Majuajima -- is located in the busy market of Ason. It is a multiple storeyed structure whose metal roofs are polished with gold and whose structure is richly ornamented with artefacts of great artistic value. The object of worship itself is a pot believed to house some wasps.

The temple is little known outside the Kathmandu Valley, but the deity is extremely popular among the residents of Kathmandu -- both Buddhists and Hindus -- as it is believed that she is capable of fulfilling the wishes of her devotees. The temple is especially popular as the shrine during Navaratra.