Photos: Ichangu Narayan इचङ्गु नारायण

इचंगु नारायणको मन्दिर काठमाडौंको पश्चिमोत्तर नागार्जुन वनको दक्षिणी काख इचंगु गा.वि.स.मा पर्दछ । हरिदत्त वर्माले उपत्यकाका चार दिशामा चार नारायण स्थापना गराएको उल्लेख पाइन्छ, जसमा उत्तरतिरका नारायण इचंगु नारायण हुन् । इचंगु नारायणको मन्दिर भव्य तले शैलीको छ । यसमा राखिएको मूर्ति विष्णुको हो । मन्दिरभित्र र बाहिर बुद्ध, शिव, पार्वती, गणेश, हनुमान्, भीमसेन र लक्ष्मी नारायणका मूर्तिहरू पनि छन् । मन्दिर निकै भव्य छ, जसका अगाडि प्रस्तर खम्बाहरूमा गरुडका मूर्ति छन् ।
इचंगु नारायण मन्दिर प्राचीन भएकाले यहाँ धेरै पुराना शिलालेख र विभिन्न देवीदेवताका मूर्तिहरू पाइएका छन् । यहाँ लिच्छविकालदेखिका अभिलेखहरू पनि पाइएका छन् । इचंगु नारायणमा कृष्णाष्टमी, रामनवमी र विभिन्न एकादशीका अवसरमा भक्तहरूको भीड लाग्ने गर्दछ । अन्य अवसरहरूमा पनि यहाँ श्रद्धालुहरू आउने गरेका छन् ।

The temple of Ichangu Narayan is located in the village of Ichangu, in the North-Western region of the Kathmandu Valley. It is one of the four Narayanas established by Haridutta Varma and is considered to be the Narayan of the Northern Direction. The temple in beautiful structure with multiple roofs and ornate carvings of Garuda on the top of the stone pillars. The idol of Narayan is housed within the temple while many other idols – including those of Buddha, Shiva and Parvati, Ganesh, Hanuman, Bhimsen, and Laxmi Narayan -- are found around the temple premises.

Artefacts from the ancient period can also be found around the vicinity of the temple, and also present here are inscriptions dating back to the Lichchhavi period. The temple is very popular with devotees during the festivals of Krishnaastami, Ramanavami, and Ekadashi.