Photos: Bishankhu Narayan विशंखु नारायण

Bishankhu Narayan is one among the four famous Narayans of theKathmandu Valley and was built by Haridutta Varma at Bandegoun, near Godawari, around 43-143 AD. The object of worship is a plain rock, and the structure of the temple itself is simple and unadorned. According to legend, the hillock near the temple was formed when Lord Vishnu destroyed the demon Bhasmasura, who, having attained from Lord Shiva the power to turn anybody he touched into ashes, had tried to test the power upon the deity himself. Lord Vishnu quite skilfully convinced the demon to test the power upon himself and thus turned him into a mound of ashes.

The temple is especially popular among local devotees during the festival of Thuli Ekadashi.

उपत्यकाका प्रख्यात चार नारायण मध्ये दक्षिणतिर पर्ने नारायणविशंखु नारायण हुन् । वंशावलीहरूमा यिनको स्थापना हरिदत्त वर्माले गराएको उल्लेख पाइन्छ । प्राप्त विवरण अनुसार, उनले उपत्यकाका चार दिशाका चार वटा शिखरमा चार नारायणको स्थापना गराएका थिए । यी नारायणको स्थापना वि.सं. २००–३०० सालतिर भएको मानिन्छ । ललितपुरको गोदावरीछेउ बाडेगाउँमा सानो गुफा छ । यस स्थानमा रहेको सामान्य प्रस्तरलाई नै विशंखु नारायण मानी स्थानीय बासिन्दाहरू यिनको पूजाआजा गर्ने गर्दछन् । यसका लागि मन्दिर पनि सामान्य प्रकारको छ । विशंखु नारायणको कथा राक्षस भस्मासुरसँग गाँसिएको छ । किंवदन्ती अनुसार, परापूर्वकालमा भस्मासुरले शिवजीको तपस्या गरी उसले आप्mनो हात जसको शिरमा राख्तछ, त्यो जलेर भस्म हुने वरदान पाएछ । त्यसपछि उसले त्यो वरदान सही भए–नभएको कुरा पनि शिवजीलाई नै छोएर परीक्षण गर्ने विचार गरेछ । यसरी आफैंले दिएको वरदानका कारण आपूm जलेर भस्म हुने अवस्था आएकाले शिवजी डरले भाग्दै हिंडेछन् । यो कुरा तत्काल विष्णुले थाहा पाएकाले उनले भस्मासुरलाई त्यो वरदान आफैंमा परीक्षण गर्न सल्लाह दिएछन् । विष्णुको सल्लाह अनुसार, भस्मासुरले आप्mनो हात आप्mनै शिरमा राखेछ । अनि ऊ त्यहीँ जलेर नष्ट भएछ । त्यही भस्मासुरको खरानीबाट विशंखु नारायणको पहाड बनेको किंवदन्ती छ । यसै गरी भस्मासुरलाई वध गरेपछि विष्णु यही स्थानमा आराम गरी बसेको मानिन्छ । हरिबोधिनी एकादशीमा विशंखु नारायण क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।