Photos: Swargadwari ( Gate to Heaven ) Pyuthan स्वर्गद्वारी प्युठान

Swargadwari lies at an altitude of 2121 metres on the top of a hill in Pyuthan District. It is believed that the five Padavas ascended to heaven from the same hill, thus giving it its name. Little is known about the place prior to Swargadwari

Mahaprabhu beginning to meditate here in 1885 AD. However, after his arrival the place attained great religious significance and it continues to be an important site of pilgrimage, especially as the flames of the mahayajna that he performed continue to burn to this day. While thousands of pilgrims visit Swargadwari all the year round, the temple is especially busy during the festivals of Baisakhe Purnima, Makar Sankranti, and Kartik Purnima.

प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी प्यूठान जिल्लाको स्वर्गद्वारी गा.वि.स.मा पर्दछ । यसको उचाइ समुद्र सतहबाट २,१२१ मिटर छ । अघि पाँच पाण्डवहरू यही स्थान हुँदै स्वर्ग गएका थिए भन्ने जनविश्वास रहेकाले यस स्थानको नाम स्वर्गद्वारी (स्वर्ग जाने बाटो राखिएको अनुमान गरिन्छ । प्रारम्भमा यस स्थानको अवस्था कस्तो थियो भन्ने कुरा हालसम्म स्पष्ट छैन । तर पछि वि.सं. १९५२ सालमा बालतपस्वी स्वर्गद्वारी महाप्रभुले यहाँ तपस्या गर्न लागेपछि यसको नाम स्वर्गद्वारीका रूपमा सुपरिचित हुन पुगेको हो । रोल्पाको सखी गा.वि.स.मा जन्मिएका महाप्रभु बालाले वि.सं. १९५२ सालमा स्वर्गद्वारीमा पुगी बाँझको रूखमुनि ध्यानमा बसेर अखण्ड महायज्ञ सुरु गरेका थिए । उक्त महायज्ञ अहिलेसम्म निरन्तर चलिरहेको छ । त्यति बेला पूजा गरी छाडिएका गाईहरूका पुस्ता अझसम्म यहीं पाइन्छन् । 
स्वर्गद्वारीमा यज्ञशाला, अखण्ड ज्योति र विभिन्न देवीदेवताका मठमन्दिरहरू छन् । यस क्षेत्रमा वैशाख पूर्णिमा, माघे संक्रान्ति र कात्तिक पूणर््िामामा ठूलठूला मेला लाग्ने गर्दछन् । यसबाहेक अन्य अवसरहरूमा समेत तीर्थयात्री र पर्यटकहरू आई नै रहेका हुन्छन् । यहाँको अखण्ड धुनीमा निरन्तर यज्ञ गरिरहने चलन रहेकाले सांस्कृतिक दृष्टिले समेत स्वर्गद्वारी निकै महत्वपूर्ण मानिन्छ ।