पनौती नेपालको हिमवत्खण्ड पुराणद्वारा नामोल्लेख गरिएको एउटा महत्वपूर्ण तीर्थस्थल मानिन्छ । यही स्थानमा इन्द्र भगवान् गौतम ऋषिको श्रापबाट मुक्त भएको जनविश्वास छ । प्राप्त पौराणिक किंवदन्ती अनुसार, एक पटक इन्द्र गौतम ऋषिकी पत्नी अहल्याप्रति कामाशक्त भएछन् । यो कुरा थाहा पाएपछि आक्रोशित गौतम ऋषिले इन्द्रको शरीरभरि सहस्र योनिको चिह्न अंकित हुने श्राप दिएछन् । यसबाट लज्जित भई इन्द्र सबै तीर्थहरूको भ्रमण र त्यहाँत्यहाँ स्नान गर्दै हिंडेछन् । पछि पनौतीमा पुगेर यिनी महादेवको तपस्यामा बसेछन् र गौतम ऋषिको श्रापबाट मुक्त भएछन् । त्यसपछि पनौतीमा इन्द्रेश्वर महादेवको स्थापना भएको मानिन्छ । हाल पनौतीमा इन्द्रेश्वरको भव्य तले शैलीको मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिर पूर्वमध्यकालतिर निर्माण गरिएको मानिन्छ ।
नेपालका पुराना टुँडालहरूमध्ये इन्द्रेश्वर मन्दिरका टुँडाल निकै महइभ्वपूर्ण मानिन्छन् । किंवदन्ती अनुसार, पनौती बजार इन्द्रले नै स्थापना गराएका हुन् । इन्द्रेश्वरलाई नेपालका ६४ शिवलिंगमध्येको एक मानिन्छ । पनौतीमा सत्य नारायण, लक्ष्मी नारायण, सूर्य नारायण, कृष्ण, तुला नारायण र उन्मत्त भैरव आदिका मूर्ति र मन्दिरहरू पनि छन् । यहाँको महइभ्वपूर्ण शक्ति मन्दिर भने ब्रह्मायणीको मन्दिर हो । यो मन्दिर पनि पूर्वमध्यकालतिर बनेको मानिन्छ । काष्ठकला, चित्रकला र वास्तुकलाका दृष्टिले पनौती ज्यादै महत्वपूर्ण स्थानका रूपमा चिनिने गरेको छ ।

 

Panauti is one of the most important places of pilgrimage in Nepal. It is said that Lord Indra, after being cursed by Gautam Rishi for desiring his wife, became free of the curse only after bathing at Panauti, thereafter establishing the temple of Indreshwor and the village of Panauti itself.

The Shivalinga of Panauti ranks among the sixty-four of Nepal's most famous Shivalingas, and this -- along with the temples of Surya Narayan, Krishna, Tula Narayan, and Unmatta Bhairav the Brahmayani temple, which was established in the medieval period; the traditional art, architecture, and wood craft – is what makes Panauti such an important religious and cultural destination.