Photos: Surya Binayak Bhaktapur सूर्य िबनायक भक्तपुर

भक्तपुर बजारदेखि दक्षिणतिर अग्लो ढिस्कामा सूर्य विनायक मन्दिर पर्दछ । उपत्यकामा मध्यकालदेखि प्रख्यात चार विनायकमध्ये एक सूर्य विनायक हो । उपत्यकाको पूर्वतिर पर्ने हुनाले यसको नाम सूर्य विनायक राखिएको हुन सक्तछ । यहाँ गणेशलाई विनायकका रूपमा पूजाआजा गर्ने गरिएको हो ।
आदिगणेशका नामले समेत चिनिने सूर्य विनायक मन्दिरमा चतुर्मासका मंगलबारहरूमा ज्यादा भीड लाग्ने गर्दछ । मध्यकालदेखि नै प्रख्यात यस स्थानमा सर्वप्रथम वि.सं. १८९० सालमा सुरेन्द्रविक्रम शाहका पालामा एउटा ठूलो घण्ट चढाइएको तथा राजा महेन्द्रका पालामा यसको मर्मत–सम्भार गरिएको विवरण पाइन्छ । यस स्थानमा बालबालिकालाई दर्शन गराउँदा उनीहरूको बोली फुट्ने र उनीहरू चाँडै हिंडडुल गर्न सक्षम हुने विश्वास गरिन्छ । यसरी सूर्य विनायक बालबालिकासँग सम्बन्धित देवताका रूपमा पनि प्रख्यात छन् ।

 

Situated on a hillock South of Bhaktapur, the temple of Surya Binayak is the most famous among the four Binayak temples of the Kathmandu Valley. It was established in the medieval era and is named Surya Binayak because of the fact that it is situated on the Eastern side of the Kathmandu Valley. The temple was renovated during the reign of King Mahendra, and prior to that, King Surendra, in 1833 AD, made an offering of the big bell at the temple.

As a Ganesh temple, Surya Binayak is particularly busy during the Tuesdays of Chaturmasha. It is also very popular with the parents of infants, as it is believed that children will grow to speak and walk sooner if they have been blessed at the temple.