Photos: Tal Barahi, Pokhara ताल बाराही पाेखरा

कास्की जिल्लामा पर्ने पोखराको फेवातालबीच एउटा ढिस्कामाथि नेपाली तले शैलीको वाराहीको मन्दिर छ, जसलाई ताल वाराही मन्दिर भनिन्छ । यो मन्दिर फेवातालको बीचमा रहेको हुनाले यसलाई ताल वाराही पनि भनिएको हो । यो मन्दिर कसले र कहिले निर्माण गराएका हुन् भन्ने कुरा हालसम्म स्पष्ट हुन सकेको छैन । स्थानीय लोकोक्ति अनुसार, वि.सं. १७३९ सालतिर कास्कीका शासकहरूले फेवातालबीचको ढिस्कामा एउटा मन्दिर स्थापना गराएका थिए । ढिस्कामा एउटा शिला थियो, जसलाई वाराहीका रूपमा पूजाआजा गर्ने गरिन्थ्यो । यस स्थानमा लामो समयसम्म पनि सामान्य सानो मन्दिर थियो । अहिलेको ताल वाराहीको भव्य मन्दिर वि.सं. २०१७ सालतिर मात्र निर्माण गरिएको हो । यस मन्दिरमा पशुबलि दिने पनि चलन छ ।
फेवाताल क्षेत्रमा सालैभर स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ । तसर्थ ताल वाराही धार्मिकभन्दा पनि पर्यटकीय दृष्टिले ज्यादा महत्वपूर्ण छ । पर्यटकहरूले खचाखच हुने यस स्थानमा सालैभर मेला लागिरहेको भान हुने गर्दछ ।
 

The Tal Barahi Temple is located on an insland on the Phewa Lake in Pokhara. The actual date of its establishment is unknown, but according to a local legend it is said that a small temple of Barahi was established at the centre of the Phewa Lake in 1682 AD.

The first object of worship was a rock, which was continued to be worshipped even after the addition of a stone idol of Barahi. The present structure was built in 1960 AD in the typical Nepalese style, with a tiered roof, etc.