Recent Update

विष

 

गौतम बुद्ध भन्नुहुन्छ, 
आबस्यकता भन्दा बढि जे छ त्यो नै विष हो
नराख मनमा वा घरमा ती कुनै मेरा शिष्य हो

शब्दकोष लेख्छ,
शरीर वा मन जे ले खलबलाउँछ त्यो नै विष हो
खाँदा, छुँदा वा सोच्दा खराब पर बस्नु नै बेस हो 

म भन्छु मेरा लागि,
तिम्रा कटु शब्द मात्रै सन्सारको एकमात्र विष हो
मायाँ त तिम्रा मन्द थिए हरेक शब्द कालकुट हो

२०१६ जनवरी १२
भैंसेपाटी