Recent Update

जीवन

समयको तीनवटा आयाम हुन्छ, थियो, छ र हुनेछ । यी तीनवटै एउटै समयका बिभिन्न आयामहरु हुन् । तसर्थ यिनीहरुलाई अलग अलग गरेर हेर्न हुन्न । बैदिक दर्शनका अनुसार माथिका तीन आयामको निरन्तरता नै कर्म हो । सञ्चित, कर्मअनुसार र प्रारब्ध गरी तीन भागमा बाँडिएको कर्मफल बुझेपछि भाग्य र पुरुषार्थ स्पष्ट हुन्छ किनकी जब भाग्य कर्मफलको रुपमा देखापर्छ त्यसैलाई प्रारब्ध भनिन्छ ।