Recent Update

चेतना


मान्छे चेतनाले बाँधिएको हुन्छ अनि चेतना आस्थाले । मानिस त्यहि आस्थाको जगमा आत्मसन्तोष दिने जीवनको श्रेष्ठता खोज्दै हिंड्छ । चरम सुखको खोजीमा भौंतारिंदै उ आफुसँग भएको खुशीबाट कहिल्यै नफर्कने गरी पर गैसकेको हुन्छ किनकी उ तृष्णाबाट निर्देशित हुन्छ न कि इच्छाबाट । यस अर्थमा मानिस जहिल्यै भोको हुन्छ । अनि यहि भोकले सुनियोजित रुपमा आफ्ना आस्था, संस्कार र दर्शन भत्काएकार हिंड्छ । सुखभोगले अल्मल्यााउँदा उ आफ्नो विगत र आफन्त समेत विर्सेर हिड्छ ।