Recent Update

ज्योतिष शास्त्र

ज्योतिष शास्त्र अनुसार मानिसको जन्म कुण्डलीमा हुने नौ ग्रहहरु मध्धे एउटामात्र ग्रह बलवान छभने पनि त्यो मानिस जीवनमा सफल हुन्छ । एकभन्दा बढी ग्रह बलवान छन् भने त मानिस चक्रवर्ती हुनसक्छ । तर सफलताका लागि शिक्षा र पेशा भने त्यहि बलवान ग्रहलाई सुहाउँदो गर्नुपर्छ । ग्रह एउटा बलवान छ, काम अर्कै ग्रहकाे गरिन्छ भने असफलता हात लाग्न जान्छ । अस्कर समाजमा मानिस असफल हुने कारण यहि हो । 

यदि तपाईं ज्योतिष शास्त्रमा बिस्वासै गर्नुहुन्न भने यी कुराको कुनै अर्थ छैन, आफ्नो कर्ममा मात्रै बिस्वास गर्नुस्, तर यदि बिस्वास गर्नुहुन्छ भने एकपटक आफ्नो जन्म कुण्डली कुनै जान्ने ज्योतिषीलाई देखाउनुहोस् । 

अन्त्यमा, ग्रह जति बलवान भएपनि कर्मको त्याग भने कहिल्यै गर्नुहुन्न ।