Recent Update

शिवका पाँच स्थिति


सृष्टि, स्थिति, संहार, तिरोभाव र अनुग्रह यी पाँच नै संसारसम्बब्धी शिवका पाँच स्थिति हो । संसारको आरम्भ गर्नु सृष्टि हो, त्यसको प्रतिष्ठा गर्नु स्थिति हो, त्यस सृष्टिलाई नाश गर्नु संहारको, त्यस संसारबाट उद्धार गर्नु तिरोभाव हो अनि त्यस संसारबाट मोक्ष गर्नु अनुग्रह हो । 

सृष्टि भूमिमा, स्थिति जलमा, संहार तेजमा, तिरोभाव वायुमा र अनुग्रह आकाशमा हुन्छ । पृथ्वीले सृष्टि गर्छिन, जलले त्यसको अभिबृद्धि गर्छ, तेजले नाश गर्छ, वायुले निवृत्त गर्छ र आकाशले सबैको अनुग्रह गर्छ ।

श्री शिवमहापुराण, बिद्येश्वरसंहिता, दशौं अध्याय