Recent Update

याेग

सबैको जानकारीका लागी:

योगा हैन, "योग" हो । "योगा" शब्दकोषमा छैन । तर योगसँग मिसिएर बन्ने शब्दमा योगा आउन सक्छ, जस्तै योगाभ्यास, योगासन आदी ।

जसरी रामायणलाई अंग्रेजीमा Ramayana लेखिन्छ, भगवान रामलाई Rama लेखिन्छ, त्यस्तै योग लाई पनि अंग्रेजीमा Yoga लेखिन्छ ।

बिभिन्न ब्यक्ति र शब्दकोषले योग शब्दको अर्थ बिभिन्न प्रकारले लगाएपनि मेरो बिचारमा श्रीमद्भागवद्गीताको दोश्रो अध्यायको ४८ औं श्लोकमा भगवान श्रीकृष्णले अर्जुनलाई बताउनुभएको योगको अर्थ सबैभन्दा सटिक हो । जसअनुसार योग भन्नाले,

"मानिसले सफलता वा असफलताका सम्पुर्ण आसक्तिहरुलाई त्याग गरेर समभावमा रहेर कर्तब्य गर्नुपर्छ । त्यही समभावलाई नै योग भनिन्छ । "