Recent Update

सन्दर्भ सहकारी दिबश

आज सहकारी दिवस, सबै सहकारीकर्मी हरुमा शुभकामना । 

मैले बिगत करिब २ बर्षमा नेपालका मेची देखि महाकाली सम्मका करिब १०० वटा सहकारीको स्थलगत भ्रमण गर्ने मौका पाएँ, बस्तुस्थितिलाई नजिकबाट बुझ्ने मौका पाएँ । कतिपय सहकारीले समाजमा ल्याएको सकारात्मक परिबर्तनप्रति म नतमस्तक छु । केहि यदाकदा सुनिने बिकृतिलाई ठूलो बनाउनुहुन्न भन्ने मेरो बिचार छ । 

मेरो बिचारमा सहकारी क्षेत्रमा समस्या कहिं छ भने माथिल्लो तहमा छ, जहाँ यस्लाई चरम राजनीतिकरण गरिएको छ र केहि ब्यक्तिले यो क्षेत्रलाई भाषण गरेको भरमा आफ्नो र पार्टीको मुठ्ठीमा राख्ने गरेका छन् । यस्लाई निरुत्साहित गरौं । 

दोश्रो समस्या भनेको शिक्षा र सुचनाको छ । यस्का तालीम र सूचना क्षेत्रमा धेरै लगानीको आबस्यकता छ । शिक्षाको लागि पैसाको भन्दा पनि श्रोत ब्यक्ति र समय ब्यबस्थापन गर्ने गतिलो निकायको अभाब छ । समयमै मनन गरौं । 

जय सहकारी