Recent Update

CAN Infotech

आज क्यान इन्फोटेकमा गएको, आयोजकहरुको स्टल बेच्ने जुक्तिको प्रशंसा जति गरे पनि नपुग्ने देखें । 
मैले त्यस कम्प्युटर र प्रबिधि सम्बन्धी मेलामा एउटा स्कोन द्वारा प्रकाशित श्रीमद्भगबदगीता किताब किने, एक प्याकेट कपाल कालो गर्ने स्याम्पु किने र भारतीय ज्योतिषलाई आफ्नो भबिष्य कस्तो हुन्छ भनेर कुण्डली पनि देखाए । 
अब अर्को साल यसो दुइचार वटा साडी, दौरा सुरुवालका स्टल र चस्मा अनि दाल चामलका पनि स्टल राख्न पाए सबैलाई सजिलो हुन्थ्यो ।