Recent Update

२०७१ साल कार्तिक १७ गते साेमवार ः अाजकाे राशीफल

आजको राशीफल 
 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
 
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला । कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। अपराह्न छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।
 
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
 
काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
 
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा राम्रै प्रगति हुनेछ। भाग्योन्नतिको समय छ। अपराह्न अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्।
 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य काममा महत्वपूर्ण समय बित्न सक्छ । सवारीमा पनि सावधानी अपनाउनुपर्ला। केही बाध्यताका काममा जुट्नुपर्ने योग छ । प्रयत्न गर्दा सहयोगीहरूको मद्दतले काम बन्नेछन् । अपराह्न नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ।
 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
 
दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेमको बन्धन कसिने बेला छ । नयाँ ज्ञान सिक्ने मौका छ । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ । अपराह्नबाट विगतका समस्या बल्झेलान् । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च होला। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
 
कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
 
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि फाइदा होला । काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । अपराह्न व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
 
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । अपराह्न काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चुनौती सामना गर्नपर्ला।
 
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
 
परिवारजनसँग असमझदारी बढ्ला । भूमि तथा मातृधनबाट लाभ होला। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ । अपराह्न सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा फाइदा हुनेछ।
 
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
 
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । दिउँसो २स्०० बजेपछि भूमि तथा मातृधनबाट लाभ होला। विगतका कमजोरीलाई सुधार गर्ने मौका आउला । काममा मातापिताको सहयोग मिल्नेछ । महत्वाकांक्षी योजना फलीभूत होलान् ।
 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
 
मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। अपराह्न कृषिकर्म र व्यावसायमा केही चुनौती सामना गर्नपर्ला । नयाँ काम थाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । परिवारजनका लागि धन खर्च हुन सक्छ।
 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
 
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । कामबाट फुर्सद मिल्नेछ । अपराह्नबाट निर्णायक क्षमता सबल बन्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ।
 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
 
केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । अपराह्न अनुकूल रहनेछ । कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।