Recent Update

चार रात्री

हिन्दु धार्मिक पौराणिक मान्यता अनुसार हरेक बर्ष चार रात्रीलाई बिशेष महत्वपूर्ण मानिन्छ । क्रमैसँग, 

पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बधित भगवान् श्रीकृष्णको जन्माअष्टमीको रात अथवा मोहरात्री 
दोश्रो, असोज महिनामा पर्ने बुद्धि र शक्तिसँग संबन्धित दशैंको अष्टमीको रात अथवा कालरात्री 
तेश्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग संबन्धित लक्ष्मीपूजाको वा आजको रात अथवा सुखरात्री 
चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग संबन्धित भगवान् शिवको रात अथवा शिवरात्री 

जन्म, बुद्धि शक्ति, ऐश्वर्य र मोक्ष । जीवन बुझौं । जीवनको लक्ष र आबश्यकता बुझौं ।