Recent Update

जीवन गतिको तीन मार्ग

शास्त्रको अनुसार जीवन गतिको तीन मार्ग हुन्छ,  

कर्म, ज्ञान र भक्ति । 

कर्ममार्गमा लाग्नेहरु आफ्नो कर्मफल अनुसार स्वर्ग वा नर्क जान्छन् ।  त्यहाँ आफ्नो कर्म अनुसारको फल भोगेपछि फेरि पृथ्वीमै फर्कन्छन् । 

ज्ञान मार्गका दुईवटा हाँगा हुन्छन्, ध्यान र अध्ययन । ध्यानको अन्तिम अबस्था समाधि हो भने अध्ययनको ब्रम्हलिनता । दुबैमा मोक्ष प्राप्त हुन्छ । बिलय हुन्छ । उनीहरु फेरि जन्मन र मर्न पर्दैैैन । 

भक्तिमार्गमा लाग्नेहरु भगवानको लोकमा जान्छन् र आफुले चाहेसम्म भगवानको वरीपरी बसेर आफ्नो इच्छा अनुसारको भोग गर्छन् । 

ज्ञानमार्ग सत्ययुगमा र भक्तिमार्ग त्रेता तथा द्वापर युगको लागि थियो भने कलियुगमा कर्ममार्ग नै उत्तम हो । 

तसर्थ कर्म गरौं ।