Recent Update

याद

मैले मेरी उनीलाई सोधें, 
"तिमीलाई यतिका दिनसम्म मेरो याद आएन ?" 
उन्ले भनिन्, 
"अहं आएन"
म झस्किएं । उन्ले टपक्क मेरो हात समातेर फेरि भनिन्,
"याद आउन त बिर्सन पर्छ... हैन र ? "


म निशब्द बने उनी र उन्को प्रेम मा ।