Recent Update

जीवनमा सदैव काम आउने जम्मा पाँच नाम

तपाईंको जीवनमा सदैव काम आउने जम्मा पाँच नाम छन् र ती हुन्, ईश्वर, आमाबाबु, गाई, गुरु र शास्त्र । 
ईश्वर आस्था हो, आमाबाबु मायाको रुपमा अबतरित ईश्वरका भौतिक रुप हुन् । गाई सेवाको प्रतीक हुन् भने गुरु अन्धकार हटाउने माध्यम । शास्त्र भने किताब र आत्मीय साथीको रुपमा कहिले तितो त कहिले मिठो रुपमा प्रस्तुत हुन्छ । 

ईश्वर बिभिन्न अबतारमा यदाकदा देखापर्छन् तर आस्थाको रुपमा सदैव मन मस्तिस्कमा बस्छन् । आमाबाबु समयको अन्तरालसँगै सदैव देखापर्छन् भौतिक र अभौतिक रुपमा । गाई आमाको रुपमा सदैव साथमा रहन्छिन् भने गुरु बिभिन्न माध्यमबाट जीवनभर शिक्षा दिइरहन्छन् । शास्त्रको रुपमा जीवनमा कोहि यस्तो मान्छे रहन्छ जो माथिका सबैभन्दा बढी प्रीय र यदाकदा पिडादायी हुन्छ । 

माथिका सबैको उचित ख्याल गर्नु नै सफल जीवन हो ।