Recent Update

तिमी बादल हौं

तिमी बादल हौं
हावासंगै मडारिएर उड्दै माथी पुगे पनि 
एकदिन धर्ती मै झर्नु पर्छ
कहिले पानीको थोपा बनेर
कहिले हिउको झोक्का बनेर...

म तिम्रो आगमनको पर्खाइमा
माथितिर हेरि बस्छु
बादलमा तिम्रो रुप हेरेर 
पानी पर्दा तिम्रो स्पर्श सम्झेर
बादल कराउँदा तिमीले बोलाएको सम्झेर ।