Recent Update

के तपाईको जन्म कुण्डलीमा ग्रहण योग छ ?

के तपाईको जन्म कुण्डलीमा ग्रहण योग छ ? 

भोलि बिहान खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यदि तपाईको जन्म कुण्डलीमा ग्रहण योग छ भने त्यस्तो योगको नकारात्मक प्रभाव हटाउने यो अत्यन्त राम्रो मौका हो । जन्म कुण्डलीमा सूर्य र राहु एउटै कोठामा बसेका छन् वा एक अर्कालाई देखेका छन् भने त्यसलाई ग्रहण योग हुन्छ । यो योगले मानिसलाई धेरै प्रकारको पीडा दिन्छ । 
तसर्थ आफ्नो कुण्डलीमा त्यस्तो योग भए नभएको एकिन गरी भएमा फाल्गुण २६ गतेको सूर्य ग्रहणको बेला पारेर तीर्थस्नान र दान गरी सो योगको कुप्रभावबाट बचौं । 
ग्रहण योग भए नभएको थाहापाउन आफनो ज्योतिषीसँग वा मसँग सम्पर्क राख्नुहोला ।