Recent Update

महानवमीकाे पुजाकाे बारेमा

यो बर्षको महानवमी तिथि १६ गते बिहीबार र १७ गते शुक्रवारका दिन बाँडिएको स्थितिमा शुक्रबारका दिन बिहान सूर्योदय समय (बिहान ५।५८) हुँदा नवमी तिथिबाट सुरु हुने र त्यस्को करिब ३० मिनेट सम्म नवमी तिथिनै रहेको छ । 
सामान्य परम्पराको भनाई "लाग्दो तिथि छोड्दो ब्रत" लाई मान्दा पनि नवमी श्राद्ध परेको छ भने बिहीवारनै गर्नु पर्ने र पुजाआजा गर्नु परेमा शुक्रबार गर्नुपर्ने हुन्छ । 
तसर्थ मैले सो दिन बिहान क्रमशः आफ्नो जमराको नित्य पुजा गर्ने, आफ्नो घरका सवारी साधनहरुको पुजा गर्ने र त्यसपछि जमरा बिशर्जन गरी बिहान १०.१५ बजेको शुभ साईतमा आमाको हातवाट देवी प्रशाद लगाए पछि मेरो नबरात्रको ब्रत समापन गर्नेछु ।