Recent Update

Kalratri

 

नवरात्रको सातौंदिन देवीलाई कालरात्रीको नामले पूजा गरिन्छ । यी देवीको रुप कालो र भयंकर हुन्छ । देवीले हरेकपटक श्वास फेर्दा नाकबाट आगोको ज्वाला निस्कन्छ । यी देवीले आफ्ना भक्तलाई सधैं शुभ फलदिने हुनाले यीन्लाई शुभंकरी पनि भनिन्छ । 
यीन्का चारहात मध्धे एकहातमा फलामको हतियार अर्कोमा खड्ग अनि बाँकी दुईहात अभयमुद्रा र वरमुद्रामा रहेका छन् । 
यी देवीको पुजा गर्नाले भक्त शोकमुक्त हुन्छ, दुष्टदोष नास हुन्छ, ग्रहदोष नास हुन्छ र सिद्धिप्राप्त हुन्छ । 

कालरात्री देवीलाई सखर नैबेद्य चढाउनु पर्छ । 

कालरात्री देवीको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता, 
लम्बोष्टी कर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी ।
वामपादोल्लसल्लोहलताकण्टकभूषणा, 
वर्धनमूर्धध्वजा कृष्णा कालरात्रिर्भयङ्करी ।।