Recent Update

आज आफ्नै बारेमाः

आज आफ्नै बारेमाः

बिगत दुईवर्ष देखि सुयोग्य गुरुहरुको सामिप्यमा रही मैले सुरु गरेको ज्योतिषशास्त्रको औपचारिक शिक्षा पुरा भएको छ । अबका मेरा फुर्सदका समय मैले यस सम्बन्धी अध्ययन र खोजमा विताउनेछु । 
सोखको रुपमा मैले पढ्न सुरु गरेको यो शास्त्रलाई पेशा बनाउने रहर र बाध्यता दुवै ममा आइसकेको छैन । मेरो मान्यता जहिलेपनि आफुले जानेको बिद्या त्यसै खेर जान दिन हुन्न भन्ने हो । तसर्थ म अब हस्तरेखाबाट फल कथन, वास्तुशास्त्र अनुसार सल्लाह, चिना (जन्म कुण्डली) बनाउने, मुहुर्त हेर्ने र चिनाबाट फल कथन गर्नेकाम सीमित रुपमा गर्नेछु । 
जति जे पढेपनि ,जे गरेपनि मानिसको स्वभाव परिवर्तन हुन कठिन छ । तसर्थ मेरा कथनहरु अलि स्पष्ट र कडाहुने स्वभाविक छ । मैले गर्ने सबै कथनहरु हजारौं बर्षदेखि चलिआएको ज्योतिष बिज्ञानमा सत्प्रतिशत आधारित हुनेछन् । 
मेरो बिचारमा ज्योतिषीहरु जन्मकुण्डली हेरेर भूत र भविस्य बताउने मानिसमात्र नभई समाजका मनोबैज्ञानिक चिकित्सक समेत हुन् । यो कुरालाई म सधैं मनन् गर्नेछु । तसर्थ यदि तपाईंको कुनै समस्या वा जिज्ञासा छन् भने मलाई सम्पर्क गर्न सक्नुहुनेछ । म तपाईंको जिज्ञासा मेटाउन प्रयास गर्नेछु । 

जस्ले जे भनेपनि वा गरेपनि आफ्नो कर्म प्रधान हो भन्ने मान्यतामा अडिग मेरा सबै सल्लाह कर्मप्रधान हुनेकुरामा दुबिधा छैन । तर कतिपय स्थितिमा मनोबैज्ञानिक कारणले अरु उपायहरुपनि अपनाउन पर्ने हुन जान्छ, जुन उपायको बारेमा म तपाईंको भरपर्दो सल्लाहकार हुनसक्छु ।