Recent Update

समयकाे गति

हे समय तिमी मेरालागि गति कमगर, 

हिजो मलाई मायाँ गर्नेलाई मायाँ गर्नु छ
हिजो मलाई सहयोग गर्नेलाई गुन तिर्नु छ !
हिजो मलाई ऋण दिनेलाई ऋण तिर्नु छ 
हिजो मलाई हेला गर्नेलाई सम्मान गर्नु छ ।

हे समय अब तिमी मेरालागि धेरै नदौड

मैले उन्को दुखमा मल्हम लगाउन बाँकी छ
मैले उन्को तिरस्कार मायाँमा बदल्न बाँकी छ !
मैले उन्लाई बिराएको बाटोबाट फिर्ता ल्याउन बाँकी छ
म र उनी एकपटक फेरि सँगै रुन र सँगै हाँस्न बाँकी छ । 

हे समय अब तिमी मेरालागि आफ्नो गति कमगर । 

२०१६ जनवरी एक, भैंसेपाटी