Recent Update

गिरीराज

लघुकथा 

गिरीराज

उ आज चुप छे, केहि खाएकी छैन । झोक्राएर बसेकी छे । नबसोस पनि कसरी । 

करिब पाँच महिना अघि ठिमीबाट घरपालुवा कुखुराको उन्नत जात "गिरिराज" भनेर तीनवटा भाले र एउटा पोथी ल्याएको । उनीहरु सँगै खेल्थे, सँगै दोडिन्थे, कहिले झगडा गर्थे । साना हुँदा खानामा पर्ने झगडाको कारण अलि ठुला भएपछि परिबर्तन भएर एउटी पोथी हुनपुगी । उस्लाई पनि ती तीन मध्धे एउटा सारै मन पथ्र्यो । उस्लाई पाउन सबैको हानथाप हुन्थ्यो । उस्लाई मन पर्ने अलि बढि नै हट्टा कट्टा भएकोले उ अगाडि भएसम्म अरुले उस्लाई केहि गर्ने हिम्मत गदैनथे । तर जब उ यता उता लागेको हुन्थ्यो, अरु बाँकी दुईले उस्को शरीर माथि धावा बोल्थे र यौवन लुट्थे । दिन बित्दैथियो ।

करिब एक महिना अघि घरमा पाहुना आएको बेला एउटा पाहुनाको सत्कार भएछ । सायद उस्ले बुझिन वा बुझेपनि चुपलागि किनकी एउटा दुख दिने कम भयो भनेर । सायद भित्र भित्रै उ खुसी भई । तर जब दुईहप्ता अगाडि फेरि साँझमा पाउनाको प्लेटमा अर्को साथी ब्लाक लेभलको सितन बन्यो, उ हडबडाई, मनमा चिसो पस्यो तर केहि गर्न सकिन । उस्ले सायद यो कुरा आफ्नो भाषामा आफ्नो मन पर्नेसँग भन्न पनि सकेकि थिइन । 

घरभरी अब ती दुई प्रेमीको राज भयो । चौबिसै घण्टा उनीहरु साथै हुन्थे । एउटालाई नदेख्दा अर्कोले बोलाउँथ्यो र जहाँभएपनि अर्को टुप्लुक्क आइपुग्थ्यो । मायाँको अनुपम उदाहरण थिए यी गिरिराज जोडि । 

हिजो बेलुकी उस्को प्यारो जीवनको साहारा, सुखदुःखको साथी पनि घरमुलीको भान्छाको परिकारमा परिणत भयो पाहना खुसी पार्ने निहुँमा । 

अब उ एक्ली छे, बेसहारा छे, हिजोदेखि केहि खाएकी छैन । अब उस्लाई पनि बाँच्ने कुनै रहर छैन । सोच्छे के यहि हो जीवन.... बरु धेरैजना पाहुना आएका भएपनि हुने नि, एकैपटक जान त पाइन्थ्यो । अब उ मात्रै आफ्नो पालो कुरेर बसेकी छ, सायद बुझेर । 

२०१६ जनवरी ६
भैंसेपाटी