Recent Update

तिमी

पुसको जाडो होस् वा भदौरे गर्मी 

बानी परेछ झ्यालमा बसेर बाहिर हेर्ने 
कतै देखिन्छ कि तिम्रो सुन्दर आकृति 
भन्छिन कि मै हुँ उनी तिम्री भनेर प्रकृति 

चन्द्रको छायांमा होस् वा कन्चन पानीमा 
फुलको सुवासमा होस वा सबिताको लालीमा
पातलाे शरीर अनि मिलेका लामा परेली 
मेघझैं तिम्रा कपालले भुलाउँछ मलाई गोधुली 

तिम्रो स्पर्सले दिएको स्वर्गीय आमोद 
अनि चुम्वनले दिएको असिम प्रमोद 
खोज्छ मेरो मन अनि तनले हरपल 
पाईलाका छनछन दिमागमा बज्छ पलपल 

२०१६ जनवरी ९
भैंसेपाटी