Recent Update

Devi Skandamata

नवरात्रको पाँचौदिन देवीलाई स्कन्दमाताको रुपमा पुजा गरिन्छ । यी देवीलाई कुमार कार्तिकेयको आमा भएकोले स्कन्दमाता भनिएको हो । शिंहमा चढेकी स्कन्दमाताका चार हातमध्धे एउटामा कुमार कार्तिकेय छन, एक हातले भक्तलाई बरदान दिएकी छन्, बाँकि दुईहातमा कमलका फुल रहेका छन् । देबी स्कन्दमाताको पुजाले मानिसको बुद्धि बिकास हुन्छ ।   पाँचौदिन देवीलाई केरा नैबेद्य चढाउनु पर्छ । 

देवी स्कन्दमाताको रुप र श्तोत्र यसप्रकार रहेको छ । 

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।