राजु नेपालको तर्फबाट

आजको चन्द्र ग्रहण र बिभिन्न राशिका मानिसले ग्रहण हेर्दाको फल

आजको चन्द्र ग्रहण र बिभिन्न राशिका मानिसले ग्रहण हेर्दाको फलः आज राति २३ बजेर ७ मिनेटमा सुरु १२ बजेर ६ मिनेटमा मध्य भई १ बजेर ४ मिनेटमा सकिनेगरी खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । ग्रहणको कुल अबधि १ घण्टा ५७ मिनेटको हुनेछ ।  बर्षा याममा चन्द्रमा बादलले ढाकिने सम्भावना भएकोले ग्रहण हेर्न सहज नहोला, तर पनि ज्योतिष शास्त्रका अनुसार आजको ग्रहण हेर्दाको फल भने यस्तो रहनेछ ।  मेष सुख, बृष माननाश, मिथुन पीडा, कर्कट स्त्रीपीडा, सिंह सुख, कन्या चिन्ता, तुला ब्यथा, बृश्चिक धनप्राप्ती, धनु क्षति, मकर घात, कुम्भ ब्यय र मीन लाभ ।  श्रवण नक्षत्र भएका मकर राशिका ब्यक्तिहरुका लागि भने आजको ग्रहण हेर्नु अति कष्टकर हुन्छ ।  आज दिउँसो २ बजेर ७ मिनेट पछि ग्रहणको सुतक लाग्ने भएकोले बाल, बृद्ध, बिरामी र आतुर बाहेकले ग्रहण मोक्ष नभएसम्म भोजन ग्रहण गर्न नहुने ।