राजु नेपालको तर्फबाट

के तपाईं ज्योतिषीको सल्लाह अनुसार कुनै पत्थर वा रत्न धारण गर्नुहुन्छ ?

के तपाईं ज्योतिषीको सल्लाह अनुसार कुनै पत्थर वा रत्न धारण गर्नुहुन्छ ?  अचेल धेरै मानिसको हातमा बिभिन्न पत्थर वा रत्नका औंठी वा गलामा लकेट देखिन्छ । ती औंठी र लकेटहरु सामान्यतया ज्योतिषीको सल्लाह अनुरुप धारण गरेको मैले पाएको छु । ज्योतिष शास्त्रको बिद्यार्थी र खासगरी यस्ता कुराहरुमा धेरै नै चासो राख्नेहुँदा मैले कतिपय स्थितिमा मेरा आफन्त र साथीहरुले धारण गरेका रत्न र पत्थरहरु गलत पाएको छु । यस्को मतलब जीवनमा ती पत्थर वा रत्नले पार्ने नकारात्मक प्रभाव हो ।  रत्न र पत्थरका धारण सम्बन्धमा जान्नैपर्ने केही कुराहरुः १. हामी पूर्वीय शास्त्रमा मान्यता राख्नेहरुले कहिलेपनि राशिको रत्न वा पत्थर धारण नगर्ने । यो समस्या धेरै देखिएको छ । सजग बनौं ।  २. रत्न वा पत्थर धारण गर्नुपर्दा जन्मकुण्डली अनुसार कुण्डलीको मुख्य ग्रहको र, वा कुनै ग्रहको दशा चलेको छ भने त्यस्को मात्र रत्न वा पत्थर धारण गर्ने । ३. मुख्य ग्रहको रत्न वा पत्थर जीवनभर धारण गर्न सकिन्छ भने दशा चलेको ग्रहको पत्थर सो ग्रहको दशा अबधिभर मात्र धारण गर्नुपर्छ ।  ४. रत्न वा पत्थर धारण गर्दा जगाएर दिन, वार, तिथि, नक्षत्र आदी मिलाएर धारण गर्ने  ५. यदाकदा ज्योतिषिहरुले दुई प्रकारका रत्न वा पत्थरको समिश्रण दिनुभएको छ भने त्यो धारण गर्नुपर्ने अबधि अवस्य जानकारी लिने । अबधि सकिएपछि त्यसलाई निकाल्ने  ६. कतिपय स्थितिमा श्त्रीहरुले हनुमानको लकेट वा औंठी लगाएको पाएकोछु । श्त्रीहरुले हनुमान छुन नहुने मान्यता अनुसार त्यस्तो छ भने तुरुन्त फुकाल्ने ।  यस सम्बन्धमा अधिक जानकारीको लागि मसँग सम्पर्क गर्न सक्नुहुनेछ ।