राजु नेपालको तर्फबाट

प्रदाेष ब्रत बिधि

प्रदोष व्रत  व्रत लिनाले ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रताको अभिवृद्धि हुन्छ र अन्तरात्मा शुद्ध हुन्छ। भगवान शंकर अनन्त अनि अविनाशी हुनुहुन्छ । यिनलाई प्रसन्न तुल्याउनका निमित्त विभिन्न धर्म ग्रंथहरूमा कतिपय उपवास र व्रतका बारेमा उल्लेख गरिएको छ। यिनै विधानहरू मध्ये एउटा व्रत हो ’प्रदोष व्रत।’ प्रत्येक पक्षको त्रयोदशीका दिन लिइने व्रतलाई प्रदोष व्रत भन्ने गरिन्छ। प्रत्येक दिन सूर्यास्तपछि रात्रिकाल प्रारम्भ हुने साँझको लगभग साढे दुई घण्टाको अवधि (रात्रीमानको पाँचभागको सुरुको एक भाग)लाई प्रदोष काल भनिन्छ। यस कालमा त्रयोदशी तिथिको संयोग परेको दिन नै प्रदोष व्रत सम्पादन गरिने दिन हो। यस व्रतमा भोले शङ्कर भगवान् महादेवको आराधना र पूजा गर्ने विधान छ। व्रतको दिन दम्पतिसहित व्रतालुले प्रातः ऊषाकालमा स्नान गरेर शिव, पार्वती र गणेशको संयुक्त आराधना गरी शिव मन्दिरमा गई शिवलिङ्गमा जलाभिषेक गर्नु पर्दछ र त्यसपछि पीपलको रूखमा जल चढ़ाई व्रतालुले दिनभरि पानी पनि नखाई व्रत सम्पादन गर्ने नियम छ। प्रातस्कालमा स्नान गरी भगवान् शिवलाई बेलपत्र, गङ्गाजल, अक्षता, धूपदीपनैवेद्य सहित पूजा गर्नुपर्छ। सन्ध्याकालमा पुनस् स्नान गरी बिहानकै विधिले शिवजीको पूजा गर्नुपर्दछ। यसरी प्रदोष व्रतको पूजा सम्पन्न गर्नाले व्रतालुले इच्छाएको कामना पूरा गर्न सक्दछ। सायंकालमा व्रत लिने व्यक्तिले फलामको कराईमा कालो दाल, मोटा चामल, तिल आदि मिसाएर खिचड़ी पकाएर भोजन गर्नुपर्दछ। त्यसरी पकाइएको खिचड़ीको चारभागको एक भाग कालो कुकुर वा गाईलाई खान दिनुपर्छ। प्रदोष व्रत ती व्यक्तिहरूका निमित्त मनोकाङ्क्षा पूर्ण गर्ने व्रत पनि हो, जसले चन्द्रमा ग्रहको पीडा भोग्नु परेको छ, त्यस्तै चन्द्रमा ग्रहको पीडाबाट मुक्ति प्राप्त गर्न वर्षभरि आउने समस्त प्रदोष व्रतलाई सम्पादन गर्नु, फलाम, तिल, कालोदाल, सुठुनी(शकरखण्ड), मूला, पिंडालु, कम्बल, जूत्ता र कोइला आदि दान गर्दा लाभ प्राप्त हुन्छ। शनिबार वा मङ्गलबार परेको प्रदोष व्रतका भगवान् शिवजीको मन्दिर, हनुमानको मन्दिर वा भैरव मन्दिरमा पूजा मात्र गर्दा पनि लाभ प्राप्त हुन्छ। यद्यपि जुनसुकै बारमा परे पनि प्रदोष व्रतको महत्त्व उत्तिकै हुन्छ, तथापि सोमवार, मङ्गलवार र शनिवारका दिन परेको प्रदोष व्रतलाई अत्यधिक प्रभावकारी मानिएको छ। प्रदोष व्रतको निष्ठापूर्वक गरिने आराधनाको प्रभावले सांसारिक दुःखको निवृत्ति हुन्छ। केवल चन्द्रमाको दशानिवारण र सन्तानप्राप्तिका लागि मात्र होइन यस व्रतले सुखसम्पदायुक्त जीवन शैली, यश, कीर्ति, ख्याति र वैभव प्रदान गर्दछ। विशेषतः श्रावण, भाद्रपद, कार्तिक र माघ महिनामा पर्ने प्रदोष व्रतले वर्तमान युगको प्रभावबाट सिर्जना हुने समस्त शारीरिक र भौतिक कष्टको निवारण गर्न ठूलो सघाउ पुर्याउँछ। रवि प्रदोष व्रत आइतबार प्रदोष व्रत परेको हुनाले रवि प्रदोष व्रतको योग निर्माण हुन्छ । सूतजीले स्कन्दपुराणमा वर्णन गर्नु भए(बमोजिम रवि प्रदोषको व्रत सम्पादन गर्नाले आयुवृद्धि हुनुका साथै आरोग्यप्राप्ति समेत हुन्छ । रवि प्रदोष व्रतको विधिविधानपूर्वक पालना वा सम्पादन गर्ने शास्त्रोक्त नियम छ। यस दिन भगवान् शिवको प्रसन्नताका निमित्त व्रत सम्पादन गर्ने गरिन्छ। यस व्रतको प्रभावले लामो आयु, राम्रो स्वास्थ्य आदिको प्राप्ति हुन्छ भन्ने विश्वास छ। यस व्रतको कथा यस प्रकार छ( एउटा गाँउमा एक जना दीनहीन ब्राह्मण बस्दथे। उनकी धर्म्निष्ठा पत्नी प्रदोष व्रत लिने गर्द्थिन्। ती दम्पत्तिको एउटा पुत्र थियो। एक पल्ट त्यो पुत्र गंगा स्नान गर्न गयो। दुर्भाग्यवश बाटोमा उसलाई चोरहरूले घेरे र डर र त्रास सिर्जना गर्दै सोधे(’तिम्रा पिताले गुप्त धन कहाँ लुकाएर राखेका छन्। बिचरा बालकले दीनतापूर्वक आफूहरू अत्यन्त निर्धन र दुस्खी भएको कुरा बतायो। उसले पिताजीसँग गुप्तधन रहने प्रश्न नै नउठ्ने कुरा पनि भन्यो। चोरहरूले उसको अवस्था सुनेर दया राखी उसलाई छोडिदिए। ब्राह्मणबटु आफ्नो बाटो लाग्यो। हिंड्दाहिंड्दै ऊ थाकेर गल्यो र एउटा बरको वृक्षमुनि बस्यो, थाकेको हुनाले केही बेरमा निदायो। त्यतिखेरै त्यस नगरका सिपाहीहरू चोरलाई खोज्दै त्यहीं आइपुगे। तिनले ब्राह्मण बालकलाई चोर ठानेर बन्दी बनाए र राजासामु उपस्थित गरे। राजाले बालकका कुरा नबुझीकन उसलाई कारागारमा हाल्ने आदेश दिए। उता घरमा यी घटनाको अत्तोपत्तो थिएन। त्यस दिन रवि प्रदोषको दिन थियो, बालककी आमा प्रदोष व्रत गरिरहेकी थिइन्। आमाको व्रतको प्रभावले त्यसै दिन रात्रिकालमा राजाले सपनामा एउटा सन्देश सुने, त्यसमा भनिएको थियो( त्यो बालक निर्दोष छ यदि त्यसलाई कारागारबाट मुक्त तुल्याइएन भने तपाइँको राज्य र वैभव नष्ट हुनेछ। भोलिपल्ट बिहान उठ्ने बितिक्कै राजाले बालकलाई मुक्त तुल्याई सभागृहमा बोलाए र अघिल्लो दिनको घटनाबारे सोधे, बालकले राजालाई सत्यतथ्य बतायो। राजाले त्यस बालकका मातापितालाई दरबारमा झिकाए। ती बृद्धबृद्धालाई भयभीत भएको देखेर राजाले मुस्कुराउँदै भने( तपाइँहरूको छोरो निर्दोष र निडर छ। तपाईंहरूको दरिद्रताका बारेमा जानकारी पाएर मलाई दुःख लाग्यो, त्यसैले म तपाईंहरूको आजीविकाका निमित्त पाँचवटा गाँउ बिर्ता दिन्छु। यसपछि ब्राह्मणपरिवार आनन्दले रहन थाल्यो। भगवान् शिवजीको दयाले तिनको दरिद्रताको नाश भयो। सोमप्रदोष व्रत सोमबारका दिन त्रयोदशी तिथिको संयोग भएको दिनलाई सोमप्रदोष भनिन्छ। प्रदोषकाल साँझको समयमा हुने भएकाले यस्तो संयोग पनि साँझको समयमा भयो भने सोमप्रदोषको व्रत लिइने गरिन्छ। यस व्रतको महात्म्य दर्शाउने कथाहरू विभिन्न धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ। तिनैमध्ये एउटा कथाप्रसङ्ग यहाँ उल्लेख गरिन्छ स्( कुनै एउटा सहरमा एउटी ब्राह्मणीको निवास थियो। उनी युवावस्थामा नै विधवा भएकी दुःखी महिला थिइन्। उनको जीवनको आशाको त्यान्द्रो भने उनको किशोर अवस्थाको एउटा छोरो थियो। त्यसैले उनी आफ्नो र छोराको सहज जीवनयापनका लागि उनी बिहानै भिक्षाटनका लागि घरबाट बाहिरिन्थिन्। जेजति जुट्छ, त्यो ल्याएर पकाई तुल्याई छोरालाई खान दिन्थिन् र आँफू पनि खान्थिन्। ती ब्राह्मणीको भगवान् शिवजीप्रति अगाध आस्था थियो। भगवान् शङ्करको भक्तिआराधना गर्दा जीवनमा सुखसम्मृद्धि प्राप्त हुनुका साथै मरणोपरान्त उत्तम गति प्राप्त हुन्छ भन्ने विश्वासका कारण उनी नियमित रूपमा प्रदोष व्रतलाई लिने गर्द्थिन्। एक पटकको कुरा हो। ब्राह्मणी सधैं झैं भिक्षाटन गरेर साँझमा घर फर्कंदै थिईन्। दिनभरि हिंड्दा हिंड्दा गलेको अवस्थामा पनि उनी घरमा छोरो आमाको प्रतीक्षामा भोकाएर बसेको छोराको चिन्ता गर्दै्थिइन्। त्यत्तिकैमा बाटोमा गलित, थकित र घाइते अवस्थाको आफ्नै छोरो जस्तै एउटा सुन्दर बालकलाई उनले बाटाको धुलोमा नैं सुतिरहेको अवस्थामा भेटिन्। त्यस बालकको अवस्था देखेर उनलाई असाध्यै दया लाग्यो। उनीभित्र रहेको ममताको सागर छताछुल्ल भएर पोखिन थाल्यो। त्यस रोइरहेको चिन्ताग्रस्त बालकलाई उठाईन् र वस्तुस्थितिबारे जानकारी लिईन्। त्यो बालक विदर्भ देशको युवराज थियो। तर शत्रुपक्षका सेनाले उसको राज्यमा आक्रमण गरेर उसका पितालाई बन्दी बनाएकाले उसको त्यस्तो कन्तविजोग भएको रहेछ। पिताको राज्यवैभव खोसिनाले उसले त्यसरी यत्रतत्र भौंतारिएर हिंड्नु परेको रहेछ। त्यसपछि राजकुमार ती ब्राह्मणीकै घरमा बस्न थाल्यो। राजकुमार युवावस्थाको भएपछि एक दिन अंशुमति नामकी एउटी गन्धर्वकन्याले राजकुमारलाई देखेर मोहित भईन्। ती दुईको चिनजानपछि ती दुईको माया बस्यो। अंशुमतिले आफ्ना मातापितासित राजकुमारको भेट गराईन्। तिनलाई पनि राजकुमार मन पर्यो। केही दिनपछि अंशुमतिका बाआमालाई सपनामा शङ्कर भगवानले दर्शन दिनुभयो र अंशुमती र राजकुमारको विवाह गरिदिने सल्लाह दिनुभयो। भगवानको आदेशलाई उनीहरूले शिरोपर गरे र राजकुमार र अंशुमतिको विवाह गरिदिए। यसरी ती ब्राह्मणीले प्रदोष व्रत गरेकी हुनाले उनको त्यस व्रतको प्रभावले गन्धर्वकन्यासँग राजकुमारको विवाह भयो। परिणामतः गन्धर्वराजको सेनाको सहायता प्राप्त गरेर राजकुमारले विदर्भबाट शत्रुपक्षका सेनालाई धपाउन सफल भए। उनले पिताको राज्यलाई पुनस् प्राप्त गरे र आनन्दपूर्वक राज गर्न थाले। उनले ब्राह्मण(पुत्रलाई आफ्नो प्रधानमन्त्रीमा नियुक्ति गरे। यसरी प्रदोष व्रतको प्रभावले ती ब्राह्मणीका दिन फिरे। त्यसैले सोम प्रदोष व्रतलाई विधिपूर्वक सम्पादन गर्नाले भगवान शङ्करले आफ्ना अनन्य भक्तहरूको मनोकामना पूर्ण गर्नुहुन्छ भन्ने जनविश्वास छ। भौम प्रदोष व्रत मङ्गलबारका दिन साँझमा पहिलो प्रहरमा त्रयोदशी तिथि परेको दिनलाई भौम प्रदोष भन्दछन्। पद्मपुराणमा बताइए अनुसार यस दिन मङ्गल देवता (ग्रह)का नामसङ्कीर्तन गर्ने व्रतालुले ऋणबाट छुट्कारा पाउँछ। के पौराणिक मान्यता छ भने मङ्गल ग्रहको उत्पत्ति भगवान शिवबाट भएको हो। कतै रगतको छिटा उछिट्टिएर त कतै आँसुको थोपा उछिट्टिएर पृथ्वीले गर्भधारण गरेकाले मङ्गल ग्रहको उत्पत्ति भएको कथा प्रसङ्ग सुन्न पाइन्छ। भगवान् शिवको कृपाले मङ्गलले ग्रहका रूपमा मान्यता प्राप्त गरी आकाशगङ्गामा आफ्नो स्थान सुरक्षित तुल्याएको प्रसङ्ग पनि पौराणिक स्रोतमा उल्लेख गरिएको छ। त्यसैले मङ्गलबारको प्रदोष व्रतको छुट्टै महत्त्व छ। एकातिर भौम प्रदोष परेको दिन भगवान् शिवको आराधना गरेमा सबै दुस्खहरुको अन्त्य हुन्छ भने अर्का्तिर मङ्गल ग्रहको आराधनाबाट व्यक्तिले हरेक नराम्रो परिस्थितिबाट मुक्ति प्राप्त गर्दछ, किनभने ज्योतिषशास्त्रमा मङ्गल ग्रहलाई प्रत्येक विपरीत स्थिति र कठिन समयसँग जुध्ने शक्ति प्रदान गर्ने ग्रहका रूपमा मङ्गल ग्रहको वर्णन गरिएको पाइन्छ। उता मङ्गलबारलाई हनुमानको आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ। हनुमान् पनि भगवान् शिवकै अंशावतार हुन् भनी बताइन्छ। कुण्डलीमा मङ्गल र शनिश्चर ग्रहको अनिष्ट फल निवारण गर्न हनुमानको आराधना गर्ने सुझाव पनि प्राप्त हुन्छ। त्यसैले मङ्गलबारका दिन पर्ने भौम प्रदोष व्रतको कथा प्रसङ्ग हनुमानको चरित्रसित सम्बद्ध देखिन्छ, भौम प्रदोष व्रतको व्रत कथा यस प्रकार छ ( एउटा कुनै सहरमा एक जना वृद्धा निवास गर्द्थिन्। उनको एउटा छोरो पनि थियो। वृद्धा हनुमानप्रति गहिरो आस्था राख्दथिन्। उनी प्रत्येक मङ्गलबारका दिन नियमपूर्वक व्रत लिन्थिन् र हनुमानको आराधना गर्द्थिन्। एक पटक हनुमानले उनको के कति श्रद्धा रहेछ त भनी जाँच्ने विचार गरे र उनी साधुको स्वरूपमा वृद्धाको घरमा पुगे अनि आँगनमा उभिएर कराउन थाले ( यस घरमा कोही हनुमानको भक्त छछैन जसले मेरा इच्छा पूर्ण गर्नसक्छ? कराएको सुनेर वृद्धा घरभित्रबाट बाहिर आएर भनिन् ( आज्ञा गर्नुहोस् महाराज। साधु भेषमा आएका हनुमानले भने ( म भोकाएको छु, केही खान पाउँछु कि? तिम्रो आँगनको केही भाग लिपेर शुद्ध तुल्याऊ र मलाई तृप्त बनाउने उपाय गर। मङ्गल ग्रह पृथ्वीको छोरो हो, त्यसैले मङ्गलबारको व्रत बस्नेले सूर्योदय पछि पृथ्वीलाई दक्खल पुग्ने गरी लिप्नेपोत्ने काम गर्दैनन् र खन्ने खोस्रने कामलाई पनि मनाही गरिएको हुन्छ, हनुमानका कुरा सुनेर आमैले यी कुरा सम्झिन् र पूर्ण दुबिधामा पर्दै हात जोडेर भनिन् (हे महाराज! लिप्नेपोत्ने र खन्ने खोस्रने कामबाहेक हजुरले अन्य जे आज्ञा दिए पनि म आज गर्न तैयार छु, तर लिप्नेपोत्ने र खन्नेखोस्रने काम चाहिं मबाट हुँदैन। गर्छ्यौ त? भन्दै पटकपटक सोध्दै वाचा गराई हनुमानले भने( त्यसो भए तिमीले आफ्नो छोरालाई यो आँगनमा सुताएर त्यसमाथि चुलो जोरेर पकाएको अन्नले भोजन तैयार गर, म त्यही भोजनमात्र ग्रहण गर्छु। यस्ता कुरा सुनेर विचरी बुढीआमै अत्तालिइन्, तर के गर्नु अगाडी नै वाचा गरिसकेकी थिइन्। उनले आफ्नो पुत्रलाई बोलाइन् र साधुका भेषमा उपस्थित भएका हनुमानलाई छोरो सुम्पँदै भनिन्, ल मेरो छोरो यही हो, अब हजुर जसोजसो भन्नुहुन्छ, म मान्छु। हनुमान् अह्राउँदै गए, आमैले भनेका कुरा मान्दै गईन्। हनुमानले वृद्धाको पुत्रलाई घोप्टे बनाई आँगनमा सुत्न लगाए र तीनवटा ढुङ्गा पिठ्युँमा राखेर चुलाको चमकनो बनाउन लगाए अनि आगो जोर्न अह्राए। आगो दनदनी बल्न थाल्यो, वृद्धाले छोरोको मायालाई वास्ता नगरी मुटु मिच्दै त्यसमाथि भाँडो राखी खानेकुरा तयार गरिन्। खाना तैयार भएपछि उनले धैर्य गर्न सकिनन् र डाँकोसहित रुँदै ती घरभित्र पसिन्। आमैका प्रत्येक क्रियाकलाप साधुको भेष लिएका हनुमानले नियाली रहेका थिए। केही बेरपछि हनुमानले घरभित्र पसेकी आमैलाई सम्बोधन गर्दै भने( ल अब भोजन तैयार भयो। पहिले आफ्नो छोरालई उठाएर खान देऊ अनि म भोग लगाउनेछु। घरभित्रैबाट वृद्धाले उत्तर दिइन् ( हे बाबा! डँडाल्नोमा आगो बालेर मरणासन्न भएको मेरो छोराको नाम सुनाएर मलाई अझ दुःखी नतुल्याऊ, आफ्नो भोजन गर र बाटो लाग। तर साधुले मान्दै मानेनन्, आमैले धरै पाइनन्, बाबाले भने झैं जोडले आफ्नो छोरालाई उनले पुकार्नै पर्यो। आमैले पुकार्नासाथ उनको छोरो दगुर्दै घरभित्र पस्यो। छोरोलाई सद्धे देखेर बुढीआमै छक्क परिन, कहींकतै आगाले डढाएको खोट पनि थिएन, ऊ त प्रसन्न, स्वस्थ र हृष्टपुष्ट थियो। आमै कुद्दैकुद्दै साधुका चरणमा परिन्, मेरो परीक्षा गर्ने हजुर को हुनुहुन्छ? आफ्नो स्वरूपको दर्शन दिनुहोस् भनी गिडगिडाइन्। हनुमानले पनि आफ्नो वास्तविक स्वरूपमा प्रकट भएर वृद्धालाई आशीर्वाद दिए। सूतजीले बताउनु भएबमोजिम मङ्गलबारका दिन पर्ने प्रदोष व्रतलाई विधिविधानपूर्वक सम्पादन गर्नाले भगवान् शङ्कर (हनुमानलाई पनि भोले शङ्करकै अंशावतार मानिन्छ) र जगन्माता पार्वतीले यसरी नै भक्तहरुलाई साक्षात दर्शन दिएर कृतार्थ गर्ने गर्दछन्। शनि प्रदोष व्रत शनि प्रदोष व्रतको विधिवत् पालना गर्नाले सन्तान प्राप्ति हुन्छ। खासगरी पुत्रको कामना हुने दम्पतिले यस व्रतलाई विधिवत् सम्पादन गर्नु पर्दछ। पुत्रको कामना हुने पतिपत्नीले व्रतका दिन गुलिया खाद्यपदार्थहरू गाई, ब्राह्मण र गरिबगुरुबालाई वितरण गर्दा बढी लाभ प्राप्त हुन्छ। चन्द्रमा र शनिको युति भएका व्यक्तिहरूमध्ये बृष, मिथुन, कन्या, तुला, मकर र कुम्भ लग्न भएका जातकले यो व्रत आजीवन लिनु राम्रो हुन्छ। आजीवन व्रत सम्पादन गर्न कठिनाइ हुने मनुष्यले कम्तीमा १६ वटा, १६ महिना, १६ वर्ष आदि १६ को सङ्ख्या पुर्याएर व्रतको उद्यापन गर्नु पर्दछ। शनिप्रदोष व्रतको व्रतकथा यस प्रकार छ ( प्राचीन समयको कुरा हो। एउटा सहरमा शिवधन नाम गरेका वैश्य बसोबास गर्दथे। भौतिक सुखसुविधा सम्पन्नताका कारण ती वैभवपूर्ण जीवनयापन गर्दथे। उनको धन र वैभवको तुलना त्यस नगरमा अरु कसैसँग हुँदैनथ्यो। ती साहुजी अत्यन्त दयालु थिए। उनकहाँ पुगेको कुनै व्यक्तिले खाली हात फर्कनु पर्दैनथ्यो। जसलाई पनि उनी इच्छाएको वस्तु प्रदान गरेरै पठाउने गर्दथे। यसरी अर्काको सुख र हीत चाहने ती साहुजीका कुनै सन्तान थिएनन्। सन्तानहीनताका कारण ती साहुका बूढाबुढी नै अतीव चिन्तित थिए। बुढ्यौली आउन लाग्दा समेत सन्तान नभएको खिन्नताका कारण एक दिन ती दुबै दम्पतीले तीर्थमा गएर बाँकी जीवन बिताउने निर्णय गरे। आफ्ना समस्त कारोबार र व्यवसाय नोकरचाकरलाई सुम्पिएर ती साहुसाहुनी सहरबाट बाहिरिए। तिनीहरू त्यस नगरको सीमाबाहिर मात्र पुगेका थिए, उनीहरूले एउटा ठूलो रुखमुनि समाधि लगाएर बसेका एक जना साधुलाई देखे। हेर्दा ती साधु तेजस्वी देखिन्थे। दुबैले ती यसभन्दा पहिले नदेखिएका साधुसित आशीर्वाद प्राप्त गरेर यात्रामा जानु श्रेयस्कर हुने ठहर्याए। ती समाधिस्थ योगीको आशीर्वाद ग्रहण गर्ने काम चुनौतीपूर्ण थियो किनभने उनी अविचल भई ध्यानपूर्वक समाधिमा लीन थिए। समाधिमा रहेका योगीलाई ब्युझाउँदा उल्टै रिसाउने डर पनि थियो। त्यसैले ती दम्पत्ति समाधिस्थ मुनिका सामु हात जोडेर धैर्यतापूर्वक उनको समाधि टुट्ने आशामा प्रतीक्षा गर्न थाले।  बिहानदेखि नै बसेका ती साहुसाहुनी हात जोडेकोजोडै भए, साँझ पर्यो, राती भयो, रात बित्यो तर साधुको समाधि भङ्ग भएन। भोलिपल्ट उज्यालो भएपछि बल्ल जोगी ब्युँझिए। वैश्य पतिपत्नी धैर्यपूर्वक हाथ जोड़ेर बसिरहेका थिए। ती दम्पतीलाई आफ्ना अगाडि सेठजीका पतिपत्नीलाई देखेर मन्दमन्द मुस्कुराउँदै आशीर्वाद स्वरूप हात उचाल्दै मुनिले भने ( ‘मैले तिमीहरूको अन्तर्मनको व्यथा पहिचान गरिसकेको छु अनि मेरो समाधि खुल्ने प्रतीक्षा गर्दागर्दै तिमीहरूले अज्ञानतामा नै ठूलो पुण्य प्राप्त गरिसकेका छौ। हिजो शनिबार र प्रदोष व्रत परेको महत्त्वपूर्ण दिन थियो। त्यसैले तिमीहरूको व्रत पूर्ण भएको छ। तिमीहरूलाई सन्तान प्राप्त हुनेछ। अब तीर्थवास गर्ने आवश्यकता छैन। बरु अहिले तीर्थयात्राका लागि जाओ र फर्किएर सँधै भक्तवत्सल भगवान् भोलेशङ्करको आराधना गरेर सुखी गृहस्थी जीवन आफ्नै घरमा बसेर यापन गर।’ साधुका कुरा सुनेर प्रसन्न भएका ती दम्पत्तीले साधु र भगवानको भूरिभूरि प्रशंसा गरे अनि आफूले नजानीकन लिएको प्रदोष व्रतको महात्म्य र व्रतविधान बताइदिन ऋषिसँग प्रार्थना गरे। साधुले निष्ठापूर्वक विधिविधानले सम्पादन गर्दा सुयोग्य सन्तान दिलाउने शनि प्रदोष व्रतलगायत समस्त प्रदोष व्रतको महात्म्य र विशेषता बताएर व्रतसम्पादन गर्ने विधिविधान र नियम बताइदिए। मुनिसित आशीर्वाद र विदा प्राप्त गरी ती दम्पती तीर्थयात्रा गर्न गए र यात्राबाट फर्किएपछि घरमा आएर नियमपूर्वक शनि प्रदोष व्रतको दिनबाट सुरु गरी प्रत्येक प्रदोष व्रतका दिन व्रत लिन थाले। कालान्तरमा शिवधन वैश्यका घरमा एउटा सुन्दर पुत्रको जन्म भयो। यसरी शनि प्रदोष व्रतको प्रभावले ती वैश्यको जीवनमा छाएको अन्धकार लुप्त भयो। ती दम्पती पुत्र प्राप्त भएपछि आनन्दपूर्वक जीवनयापन गर्न थाले। शनिबारबाहेक अन्यबारका दिन परेको भएपनि प्रदोष व्रतको निष्ठापूर्वक पालना गर्नाले शनिको प्रकोप शान्त हुने गर्दछ र रोगव्याधि, दरिद्रता, घरभित्रको अशान्ति, नोकरी वा व्यापारव्यवसायमा देखिएको कठिनाइ आदि निवारण हुन्छन्।