राजु नेपालको तर्फबाट

अाइतबारकाे ब्रत बिधि र कथा

आइतबार व्रतविधि आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवं चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिने गरिन्छ । त्यसबाहेक ज्योतिषीय अवधारणा बमोजिम जन्मकुण्डलीमा चौथो, आठौँ र बाह्रौं घरमा सूर्य रहेको अवस्थामा वा सूर्यका साथमा राहु वा केतुको युति भई ग्रहण योग अथवा पितृ दोषको सिर्जना भएमा वा जन्मकालमा औंसी, कृष्णपक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदा तिथि भएमा सिर्जना हुने सूर्यको दुष्प्रभावबाट जोगिन आइतबारको व्रत लिने विधान छ। व्रत लिँदा सामान्यतया रविसप्तमीको दिनबाट वा शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गर्नुपदर्छ । यसलाई न्यूनतम एक वर्षम्म लिन सकिन्छ । यदि कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार चाँहि अवश्य नै व्रत लिनुपर्दछ । व्रतका दिन सकेसम्म रातो कपडा लगाउने, त्यसदिन गहुँको रोटी मात्रै सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नान गरी शुद्ध रातो कपडा लगाएर ’ ॐ सूर्याय नमः’ यस बीज मन्त्रको जाप थोरैमा ५ माला सके व्रतको अवधिभरि गरिरहनु पर्दछ। त्यसपछि आइतबारको व्रतकथा पढ्ने, अनि सूर्यलाई रातो अक्षता, रातो  फूल र दुबोको जलले निम्न मन्त्र पढ्दै अर्घ्य दिनुपर्दछ(  एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते । अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर ।। नमः सहस्रकिरण !  सर्वव्याधिविनासिने । गृहाणार्घ्यं मया दत्तं सन्ध्यया सहितो रवे ।। फेरि प्रदक्षिणा गरेर रातो चन्दनको तिलक लगाउनु पर्दछ, व्रतको समाप्ति अर्थात् अन्तिम आइतवारका दिन हवनपछि ब्राह्मण दम्पतीलाई भोजन गराई यथाशक्ति रातो कपडा एवं दक्षिणासहित प्रसन्न तुल्याई आशिर्वाद ग्रहण गर्नु पर्दछ। आइतबारको व्रतकथा एउटी बुढी आमै थिइन् । तिनको नियम थियो प्रति आइतवारका दिन बिहानै स्नान आदि गरी गोबरले घर लिपेर पुनः भोजन तैयार गरी भगवानलाई अर्पण गरी आँफू भोजन गर्द्थिन् । यसरी नियमित व्रत गर्नाले उनको घर अनेक किसिमका धनधान्यले भरिपूर्ण थियो ।  श्रीहरिको कृपाले घरमा कुनै किसिमको विघ्न वा दुःख थिएन । सबै प्रकारले घरमा आनन्दैआनन्द थियो । यसरी केही दिन बितेपछि उनकी एउटी छिमेकी स्त्री, जसको गोठबाट ती आमै गाईको गोबर ल्याउने गर्थिन्, विचार गर्न थालिन् ( यी वृद्घा सधैं मेरो गाईको गोबर लग्छिन्, त्यसैले म मेरो आफ्नो गाई लाई घरभित्र बाँध्न थाल्छु । उक्त गाईलाई गोठभित्र बाँधेर थुनेपछि आमैले गोबर लान पाइनन् र एउटा आइतवारका दिन घर लिप्न पाइनन् । त्यसकारणले उनले न त भोजन बनाइन् न भगवानलाई भोग अर्पण गर्न नै पाइन् अनि आँफूले पनि खान पाइनन् । यसरी उनले निराहार व्रत लिने प्रण गरिन् । रात पर्यो उनी भोकै सुतिन् ।  रातको समयमा सपनाले भगवानले उसलाई भोजन नबनाएको र भोग नलगाएको कारण सोध्नुभयो । वृद्घाले गोबर प्राप्त नभएका कारण कुनै पनि कर्म सम्पादन हुन नसकेको विवरण बिन्ती बिसाइन् अनि भगवानले आज्ञा गर्नुभयो (  हे  माता! म तपाईंलाई एउटा यस्तो गाई प्रदान गर्नेछु जसले तपाईंका समस्त इच्छाहरू पूर्ण हुनेछन ।  किनकि तपाईं सधैं आइतबरका दिन गाईको गोबरले लिपेर घरलाई शुद्ध बनाई भोजन तैयार गरी मलाई अर्पण गरी स्वयं भोजन गर्नुहुन्छ । यस व्रतको प्रभावले खुसी भई तपाईंलाई वरदान प्रदान गर्दछु ।  निर्धनलाई धन र बांझी स्त्रीहरूलाई पुत्र प्रदान गरेर दुःख नष्ट गर्दछु तथा अन्त्य समयमा मोक्ष प्रदान गर्दछु ।  स्वप्नमा यसरी वरदान दिएर भगवान अन्तर्धान हुनुभयो र वृद्घाका आँखा खुल्दा उनले आँगनमा एउटा अति सुन्दर गाई र बाछो बाँधिएको देखिन । त्यो गाई र बाछो देखेर अति प्रसन्न भएकी आमैले तिनलाई घरबाहिर बाँधि दिईन र घाँस हालिन । जब उनकी छिमेकी वृद्धाले घरबाहिर एउटा अति सुन्दर गाई र बाछोलाई देखिन अनि उनलाई डाहा त भयो नै अझ त्यस गाईले सुनको गोबर गोब्र्याएको दृश्य देख्दा त उनको मनमा खपिनसक्नु भयो  उनले तुरुन्त त्यस गाईको गोबर आफ्नो गाईको गोबर संग साटिन । ती छि मेकी संधै त्यसै गर्थिन, उता सोझी आमैलाई यस्तो चलाखीको अत्तोपत्तो थिएन । यस घटनापछि सर्वव्यापी ईश्वरले बिचार गर्नुभयो कि चलाख छिमेकीका कपटपूर्ण कर्मद्वारा वृद्धा ठगीएकीछन अनि ईश्वरले संध्याको समयमा आफ्नो मायाद्वारा अति ठूलो हुरीबतासको सिर्जना गर्नुभयो । आमैले आँधीको भयले आफ्ना वस्तु भित्र लगेर बाँधिन । प्रातःकालमा वृद्धाले गाईले सुनको गोबर गोब्र्याएको देखिन, उनको आश्चर्यको सीमा रहेन र त्यसपछि मात्र ती आमैले प्रतिदिन गाईलाई घरभित्र  नै बाँध्न थालिन । उता छिमेकी वृद्धा सुनको गोबर प्राप्त गर्न नसकेर ईर्ष्या र डाहले पिरोलिना थालिन अनि केही उपाय नदेखेर तिनले त्यस देशको  राजाका सभामा गएर पोल लगाइन् ( महाराज ! मेरो छिमेकमा एउटी वृद्घासंग यस्तो गाई छ जुन हजुरहरू जस्ता राजाहरूसंग मात्र हुनुपर्ने हो, किनभने सरकार ! त्यस गाईले नित्य एक थाप्रो सुनको गोबर गोब्र्याउने गर्दछ ।  हजुरले नै त्यो गाई प्राप्त गर्नु पर्दछ र त्यसबाट प्राप्त सुनद्वारा प्रजाको पालन गर्नु पर्दछ, आखिरी त्यस वृद्घाले त्यत्तिका सुनले के गर्छे र ?  राजाले यस्ता कुरा सुनेर आफ्ना दूतलाई वृद्घाका घरबाट गाई लिई आउन आज्ञा दिए ।  वृद्घा प्रातःकालमा ईश्वरलाई अर्पण गरेको भोजन ग्रहण गर्न लागेकी थिईन् त्यत्तिकैमा राजाका कर्मचारीले गाई खोलेर लगे ।  आमैले अनेक तरहले विलाप गरिन् रोइन कराइन् तर कर्मचारी(समक्ष उनको जोड चलेन । त्यस दिन वृद्घाले गाईको वियोगका कारण भोजन गर्न पनि सकिनन र रातभरि रोई(रोई ईश्वरसंग गाई पुनः प्राप्त होस भन्ने कामनाले प्रार्थना गरिरहिन । उता राजा गाई देखेर असाध्यै प्रसन्न भए, तर बिहान उनी उठ्दा, सारा महल गोबरैगोबरले भरिएको देखियो ।  राजा यस्तो दृश्य देखेर अत्तालिए । दिनभर राजा चिन्तित रहे, तर भगवानले अर्को रात सपनामा राजालाई भन्नुभयो ( हे राजा ! गाई जहांबाट ल्याएको हो त्यहीं फर्काउनुमा तिम्रो कल्याण हुनेछ । मिले वृद्धाको आइतबारको व्रतको प्रभावबाट प्रसन्न भएर मैले उनलाई गाई प्रदान गरेको थिए ।  उज्यालो हुना साथ राजाले वृद्घालाई बोलाएर प्रशस्त धनका साथै सम्मान सहित गाईबाछा फिर्ता गरे । अनि छिमेकी कुटिल स्त्रीलाई बोलाएर उचित दण्ड दिए । यी कृत्य समापन हुनासाथ राजाको महलबाट फोहोर  स्वतः हट्यो । त्यस दिनपछि राजाले नगरवासीहरूलाई उर्दी जारी गरे ( समग्र राज्यको तथा आआफ्नो समस्त मनोकामनापूर्तिका निम्ति आइतबार (रविवार)का दिन व्रत लिनु पर्छ, राजाको आदेशपछि व्रत गर्नाले नगरका नागरिकहरू सुखी जीवन व्यतीत गर्न थाले । त्यस राज्यभित्र कुनै पनि रोगव्याधि तथा प्रकृतिको प्रकोप हुन छाड्यो ।  सारा जनता सुखपूर्वक भगवानको भजनकीर्तनमा समय बिताउन थाले ।