ज्योतिशी सम्बन्धी खोज तथा लेखहरु

औंलामा रत्न र पत्थरका धारण सम्बन्धमाः

अचेल धेरै मानिसहरुले ज्योतिषीको सल्लाह वा सल्लाह विना नै बिभिन्न पत्थर वा रत्न धारण गरेको देखिन्छ । ज्योतिष शास्त्रका अनुसार पत्थर वा रत्न दुई अबस्थामा मात्र धारण गर्न सकिन्छ, एउटा दशाको समयमा दशा चलेको ग्रहको र अर्को मुल ग्रहको । यदाकदा कमजोर ग्रहको लागि पनि रत्न वा पत्थर धारण गर्ने गरेको पाइन्छ । 

तर हामीकहाँ तेश्रो र गलत कारणले रत्न धारण गर्नेहरुको संख्या अत्यन्त धेरै छ र त्यो हो राशि अनुसारको रत्न वा पत्थर धारण गर्ने ।  

हामी पूर्वीय शास्त्रमा मान्यता राख्नेहरुले राशिको रत्न वा पत्थर धारण कुनैपनि हालतमा गर्नु हुन्न, सजग बनौं । उदाहरणकालागि मेष वा वृश्चिक राशि भएकाहरुले मुगा अथवा कोरल र धनु वा मीन राशि भएकाहरुले पुष्पराज अथवा टोपाज लगाएको देखिन्छ । यो सरासर गलत हो । यदि कसैले तपाईंलाई यस्तो सल्लाह दिएको छ र त्यहि सल्लाह अनुरुप तपार्ईंले रत्न वा पत्थर धारण गर्नुभएको छ भने तुरुन्त फुकाल्नु होला वा जान्ने ज्योतिषीकोमा सम्पर्क राख्नुहोला । 

अब प्रश्न उठ्छ, कुन रत्न वा पत्थर कहिले धारण गर्ने त ? 

रत्न वा पत्थर धारण गर्नुपर्दा जन्मकुण्डली अनुसार कुण्डलीको मुख्य ग्रहको र, वा कुनै ग्रहको दशा चलेको छ भने त्यस्को मात्र रत्न वा पत्थर धारण गर्नुपर्छ । सजिलोसँग बुझ्नका लागि यदि तपाईंको जन्म कुण्डलीको माथिल्लो पहिलो कोठामा जुनसुकै ग्रह भएपनि त्यस्लाई मत्लब नगरी, त्यहाँ भएको अंकलाई हेरेर रत्न धारण गर्नुपर्छ । 

यदि त्यो कोठामा १ वा ८ अंक छ भने सुनमा मुँगा राखी माईली औंलामा मंगलवार, अनुराधा नक्षत्र पारेर धारण गर्ने । मुगासँग हिरा र नीलम साथसाथै धारण गर्नु हुँदैन । 

यदि त्यो कोठामा २ वा ७ अंक छ भने सुन वा प्लाटिनियममा हिरा राखी कान्छी औंलामा शुक्रवार मृगशिरा नक्षत्र पारेर धारण गर्ने । हिरासँग मोती, माणिक र पुष्पराज साथसाथै धारण गर्नु हुँदैन । हिरा महँगो हुने हुँदा यस्को अभावमा सेतो पुष्पराज प्रयोग गर्न सकिन्छ । 

यदि त्यो कोठामा ३ वा ६ अंक छ भने सुनमा पन्ना राखेर कान्छी औंलामा बुधवार उत्तराफाल्गुणी नक्षत्र पारेर धारण गर्ने । 

यदि त्यो कोठामा ४ अंक छ भने चाँदीमा मोती राखेर कान्छी औंलामा सोमवार रोहिणी नक्षत्र पारेर धारण गर्ने । मोती पुर्णिमाको दिनदेखि पनि धारण गर्न सकिन्छ । 

यदि त्यो कोठामा ५ अंक छ भने सुन वा तामामा रुवी अर्थात माणिक्य राखेर साहिंली औंलामा आइतवार तिष्य नक्षत्र पारेर धारण गर्ने । माणिक सँग नीलम, गोमेद वा हिरा साथसाथै धारण गर्नु हुँदैन ।  

यदि त्यो कोठामा ९ वा १२ अंक छ भने सुनमा पुष्पराज अर्थात टोपाज राखेर चोर औैंलामा विहीवार तिष्य नक्षत्र पारेर धारण गर्ने । पुष्पराजसँग नीलम र हिरा साथसाथै धारण गर्नु हुँदैन । 

यदि त्यो कोठामा १० वा ११ अंक छ भने सुन, पञ्चधातु वा फलाममा नीलम राखेर शनिवार श्रवण नक्षत्रमा माहिली औंलामा धारण गर्ने । नीलमलाई मोती, मुगा, माणिक र पुष्पराजसँग साथसाथै धारण गर्नुहुँदैन । 

यी मुख्य ग्रहको रत्न वा पत्थर जीवनभर धारण गर्न सकिन्छ कहिल्यै फुकाल्नु पर्दैन । 

अब चर्चा गरौं दशा चलेको ग्रहको पत्थर वा रत्न धारण गर्ने बारेमा । 

जुन ग्रहको दशा चलेको छ ज्योतिषीको सल्लाह अनुसार त्यहि सो ग्रहको दशा अबधिभर मात्र धारण गर्नुपर्छ । तसर्थ यस्तो पत्थर वा रतन धारण गर्दा त्यस्को अबधि थाहा हुनु महत्वपूर्ण हुन्छ । अन्यथा त्यस्को फल बिपरित हुन जान्छ । 
दशा अनुसारका रत्न यसप्रकार छन् । 

सूर्यको दशामा माणिक्या वा रुवी 
चन्द्रमाको दशामा मोती
मंगलको दशामा मुगा
बुधको दशामा पन्ना 
वृहस्पतिको दशामा पुष्पराज
शुक्रको दशामा हीरा
शनिको दशामा नीलम 

राहुको दशामा सुन वा पञ्चधातुमा गोमेद राखेर साहिंली औंलामा बुधवार उत्तराफाल्गुणी नक्षत्रमा धारण गर्ने । गोमेदलाई मोती, मुगा, माणिक र पुष्पराजसँग साथसाथै धारण गर्नुहुँदैन ।

केतुको दशामा सुन, फलाम वा पञ्चधातुमा वैदुर्यमणी अर्थात क्याट्सआई साहिंली औंलामा विहीवार तिष्य नक्षत्रमा धारण गर्नुपर्छ । 


यदाकदा कुनै कुनै ज्योतिषीहरुले दुईवटा पत्थर वा रत्नको मिश्रण गरेर एउटै औंठी बनाएर दिएको पनि देखिन्छ, त्यस्तो औंठी सकेसम्म धारण नगर्ने र दुईवटा रतन धारण गर्नु पर्ने भएमा अलग अलग रत्न धारण गर्ने तथा ती दुवैको धारण गर्ने अबधि पनि सोध्ने । 

कतिपय स्थितिमा श्त्रीहरुले हनुमानको लकेट वा औंठी लगाएको पाएकोछु । श्त्रीहरुले हनुमान छुन नहुने मान्यता अनुसार त्यस्तो छ भने तुरुन्त फुकाल्ने । 

जे धारण गरे पनि नगरेपनि कर्म गर्न चाहिं छाड्नु हुन्न, कर्म गर्न छाड्नेलाई कुनै धातुले सहयोग गर्दैन । 

यस सम्बन्धमा अधिक जानकारीको लागि चबवगलभउब२िचबवगलभउब।िअयm मा सम्पर्क गर्न सक्नुहुनेछ । 

ज्योतिषी शास्त्र अनुसार रत्न र पत्थर धारण गर्ने बिधि