ज्योतिशी सम्बन्धी खोज तथा लेखहरु

मेष राशिः २०७३ तपाईंको कस्तो रहला ?

मेष राशिः २०७३ तपाईंको कस्तो रहला ? 


फागुनको ५ गतेसम्म शनिको अढैया दशा छ । कुण्डलीमा शनि साम्रो भए त्यसले छाड्ने बेलामा शुभ फल दिन्छ भने कुण्डलीमा शनि खराब भए त्यस्ले खराब गर्छ । समग्रमा २०७३ मा पारिवारिक कलह बढ्नेछ । आफन्तहरुसँगको बिबाद धेरै होला । मुद्धामामिला खप्नुपर्ला । मानसिक तनाब धेरै होला । स्वास्थ्यमा आउने खराबिका कारण खर्च बढ्नेछ । 
बर्षको उत्तरार्ध केही राम्रो छ । बिदेशबाट आम्दानी होला । 

बैसाखमा कामको वा वसाईको स्थान परिवर्तन होला, स्वास्थ्य स्थिति बिग्रला । जेठमा मनमा डरले डेरा जमाउला, खर्च धेरै होला, आषाढ महिना राम्रो बित्नेछ । श्रावणमा मानमा कमी आउला र मुद्धामामिलामा सामेल हुनुपर्ला, भदौमा अपजश पाईएला, असोज महिना राम्रो बित्नेछ । कार्तिकमा अनाबस्यक यात्रामा खर्च गर्नुपर्ला, मंशिर महिना सबैभन्दा खराब छ । होसियार रहनुहोला । धेरै बिपत्ति एकैसाथ आउन सक्छन् । पुुसमा स्वास्थ्य स्थिति खराब होला र घरमा झगडा धेरै होला, माघ महिना एकदम राम्रो छ, सोचेको कुरा पुग्ला । फाल्गुण राम्रो छ धन आर्जन होला भने चैत्रमा अनाबस्यक यात्रा होला । 

के गर्ने ?
राहुको लागि बासुकीको पुजा गर्ने, शनिवार भैरव दर्शन गर्ने । शनिको लागि शनिवार बिहानै पीपलमा जल चढाउने र देवीको आराधना गर्ने । 

ग्रह कुण्डलीले जे भनेपनि सबैभन्दा प्रमुख भनेको कर्म हो । तसर्थ कर्मवाट बिमुख भने कहिल्यै नबनौ । 

कुण्डली बिस्तृत छलफलको लागि समय मिलाउन

email rajunepal@rajunepal.com or call 9801020088