Article

अर्थ प्रबाह ४७ नयाँ शक्ति र अर्थतन्त्र

Raju Nepal

नयाँ शक्ति र अर्थतन्त्र

देशमा पूर्वप्रधान मन्त्रीको नेतृत्वमा नयाँ राजनीतिक पार्टी खुलेको छ। नेपालमा राजनीतिक पार्टीको त कुनै कमी थिएन तर पनि यो पार्टी गठनले एक प्रकारको तरंग ल्याएको कुरामा भने दुई मत छैन। अहिले सत्तामा र प्रतिपक्षमा रहेका सबैजसो पार्टीका नेतारकार्यकर्ता, हिजो सत्ता सञ्चालन गरिसकेका र कहिल्यै पदको मुख नदेखेका नेताहरु, स्थायी सरकार वा कर्मचारीतन्त्रका सानोदेखि ठूलो पदमा रहेका, कलाकार, उद्यमीदेखि सबैखाले र नेपाली समाजमा नाम चलेका, दाम भएका सबैखाले व्यक्तिको जमघटले पनि यो पार्टीकौ गठन समाचार ठूलै बन्यो।

नवगठित पार्टीले कहिले चुनाव जित्ला वा कहिलेदेखि जनताका लागि काम गर्ला, त्यो अलग कुरा हो तर पार्टीका संयोजकको विगत र पार्टीको मुख्य नारा हेर्दा कताकता तालमेल नभएको जस्तो लाग्छ। हिजोका दिनमा माओवादीले पहिलो पटक आफ्नो नेतृत्वको सरकार चलाउँदाका अर्थ मन्त्री र अलिपछिका प्रधान मन्त्री संयोजक रहेका यो पार्टीको नारा पनि आर्थिक नै छ। नारा बनाउन नेपालका कम्युनिस्ट खप्पिस छन्। नाराले मात्र देश विकास हुने भए विगत पच्चीस वर्षमा नेपालीले जति मीठा नारा संसारका कुनै देशका नागरिकले सुनेका छैनन् होला। आर्थिक विकासको नाराका साथ गठन भएको पार्टीको आर्थिक नीति भने पार्टी गठनकौ भेला र बन्द सत्रले पारित गर्न सकेन। यसलाई दुर्भाग्य नै मान्नुपर्छ। एकछिनलाई भर्खर गठन भएको पार्टीलाई स्वागत गर्न सकिए पनि यो पार्टीको तलका केही बुँदामा उसका स्पष्ट राय नआएसम्म उसलाई कुनै हालतमा विश्वास गर्न सकिन्न।

आर्थिक विकासको पहिलो जग भनेको नयाँ शक्तिको मूल राजनीतिक दर्शन र अर्थशास्त्रका मूलभूत खम्बाप्रति उसकौ दृष्टिकोण नै हो। नयाँ शक्ति च्याउसरी उम्रिएका कम्युनिस्ट पार्टीहरुको झुण्डमा अर्को एक थप कम्युनिस्ट पार्टी हो कि नेपाली कांग्रेसबाहेक अरु कुनै आउन नसकेको र देशले चाहेको प्रजातान्त्रिक पार्टी हो? देशमा एउटा प्रजातान्त्रिक पार्टीको विकल्प चाहिएको छ। जति भाषण फलाके पनि एमालेले कहिल्यै प्रजातन्त्रमा विश्वास गरेन। उसका लागि प्रजातन्त्र भनेको चुनावमा भाग लिनु र भागबन्डाको राजनीतिमा मात्र सीमित हुन पुग्यो। अझ हालका प्रधान मन्त्री पार्टी अध्यक्ष भइसकेपछि त पार्टी प्रजातान्त्रिक पद्धति पालनामा एक कदम अगाडि र दुई कदम पछाडिको स्थितिमा छ। माओवादी र मधेसी दलहरुबाट प्रजातान्त्रिक पद्धतिको विकासको आशा त कसले गरेका होलान् र? यस्तो परिस्थितिमा नेपालमा एउटा दरो प्रजातान्त्रिक पार्टीको कताकता अभाव महसुुस नभएको भने हैन। अर्को कम्युनिस्ट पार्टी त देशलाई चाहिएकौ हुँदै हैन र यदि नयाँ शक्तिले आफूलाई कम्युनिस्ट पार्टी भन्छ भने आजै उसको पतनका दिन सुरु भएको दिनगन्ति सुरु गरिदिए हुन्छ। यदि ऊ कम्युनिस्ट पार्टी बन्ने हो भने आर्थिक विकासकौ कुरा नगरे हुन्छ। किन गठन भएको दिनदेखि जनता झुक्याउने काम गर्ने? नेपालमा कम्युनिस्ट सिद्धान्त असफल भइसकेको र देश विकासको बाधक भनेकै कम्युनिस्ट हुन् भन्ने तथ्य अब कसैबाट लुकेको छेन। हुन नसक्ने कुरा गर्ने, अरुको आलोचना गर्ने र आफू सिन्को नभाँच्ने उनीहरुको मुख्य काम हो। अझ कतिपय कम्युनिस्टको झण्डा बोकेर गोष्ठी र भाषणमा आफूलाई सीमित राख्दै देश दोहनमा लागेका देखिन्छन्।

अब कुरा गरौं अर्थशास्त्रका आधारभूत तत्व र आर्थिक विकासबारे। आर्थिक विकासका लागि व्यापार अनि उद्यौग फस्टाउनुपर्‍यो, रोजगारीका अवसर सिर्जना हुनुपर्‍यो। यी मूलभूत र सामान्यभन्दा सामान्य नियम हुन् जसलै पनि बुझ्ने। उद्योग र व्यापार फस्टाउन पुँजीको सहजता, चुस्त संगठन, समयसापेक्ष नियमरकानुन, भ्रष्टाचारमा पार्टी र सरकारको असंलग्नता र निर्वाध काम गर्ने वातावरण अत्यन्त आवश्यक तत्व हुन्। माथिको अत्यावश्यक तत्वमा नयाँ शक्तिको धारणा के हो त?

पुँजी र पुँजी बजार स्   आर्थिक विकासका लागि सबैभन्दा पहिला पुँजी चाहियो। कताबाट आउँछ पुँजी? सरकारले लगानी गरेर फेरि कलकारखाना खोल्ने र कर्मचारी तथा मजदुरको नाममा भोटर जम्मा गर्ने? आफू अर्थ मन्त्री हुँदा पुँजी बजारलाई जुवाको खाल भन्ने पार्टी संयोजकको पुँजी बजारबारेको धारणा अझै त्यही हो कि समयले परिवर्तन गरायो? यदि त्यही नै धारणा हो भने जतिजति नयाँ शक्ति राजनीतिकरूपमा अगाडि आउँछ त्यति नै देशको अर्थतन्त्र धराशायी हुन्छ। यसमा कसैले कुनै प्रकारको शंका नगरे हुन्छ। उनको नेतृत्वसँग अर्थतन्त्रकौ पहिलो खम्बा पुँजी बजार सधैँं त्रसित हुन्छ। स्वदेशी लगानीकर्ताहरु पलायन हुन्छन्, विदेशीहरु आउने कुरा त परै जाओस्।

संगठन र निर्वाध उद्योगधन्दा चल्ने वातावरण स्  नयाँ शक्ति पार्टीका संयोजकले नेतृत्व गरेको पार्टीलै गरेको हिंसात्मक आन्दोलनले देशको अर्थतन्त्र २५ वर्ष पछाडि धकेलेको छ। उनकै पुरानो पार्टीको नीति र हस्तक्षेपका कारण हजारौंको संख्यामा उद्योगधन्दा बन्द भएका छन्, लाखौंको संख्याका मजदुरको रोजीरोटी खोसिएको छ। कतिले आत्महत्या गरेका छन्। मजदुर युनियनहरुको ज्यादतीका कारण सयौं व्यापारी पलायन भएका छन् र नेपालमै बसेकाले पनि दीर्घकालीन उद्योगधन्दामा लगानी गर्न अझै सकेका छैनन्। यी सबैको जिम्मेवारी उनले लिने कि नलिने? देशमा द्वन्द्वपीडितहरुलाई त सरकारले बिस्तारै राहत दिन थाल्यो तर माथिका उद्योगीलाई राहत दिने कुरामा यो पार्टीको धारणा के हो?

अझ एकछिनलाई यो विगत बिर्सनै खोजे पनि अबका दिनमा हड्ताल र मजदुर युनियनप्रतिको पार्टीको धारणा के हो? नयाँ शक्ति पार्टीले भन्न सक्छ– हामी कुनै पनि उद्योग वा व्यापारिक प्रतिष्ठानमा कर्मचारी वा मजदुर युनियन खोल्दैनौँ र हाम्रा कार्यकर्ता यस्ता गतिविधिमा संलग्न हुने छैनन् भनेर? यदि हैन अब पार्टीको केन्द्रीय कमिटी बनेको भोलिपल्टैदेखि (यदि बनेमा) रुग्ण हुँदै चलेका उद्योगमा फेरि युनियनको नाममा अर्को झण्डा गाडियो भने त्योभन्दा दुर्भाग्य यो देशको अरु कुनै हुनै सक्दैन। सरकारी कर्मचारी र शिक्षकहरुलाई नयाँ शक्तिले राजनीतिमा लगाउने कि नलगाउने?

आफ्ना कार्यकर्तलाई सार्वजनिकरूपमै सपथ ख्वाउने नयाँ शक्ति पार्टीले आफ्नो आचारसंहितामा लिखितरूपमै यो देशका कुनै पनि उद्योगमा हड्ताल गर्दिन, नेपाल बन्द जस्ता कार्यक्रम कहिल्यै गर्दिन र अरुले गरेको खण्डमा त्यसको विरोध गर्दै आफ्ना कार्यकर्तालाई प्रतिरोधमा उत्रन निर्देशन दिन्छु भन्न सक्छ? हिजो आफू प्रधान मन्त्री हुँदा बन्द हड्ताल गर्न नपाइनै नियम ल्याउन अरु पार्टीलाई दबाब दिने नयाँ शक्ति पार्टीका संयोजक नै अहिले आफू त्यो कुरा आफ्नो पार्टीबाट सुरु गर्न तयार छन्? छैनन् भने उनले अब बुझ्नुपर्ने कुरा के हो भने नाराले मात्रै देश हिजो पनि बनेन, आज पनि बन्दै छैन र भोलि पनि बन्ने छैन।

भ्रष्टाचारले हाम्रो समाजलाई आक्रान्त पारेको छ। हरेक क्षेत्रमा यसको जरा बलियो भएको छ र कम हुने कुनै छाँटकाँट देखिन्न। २०४७ सालपछिका वर्षहरु हेर्ने हो भने हरेक सरकार कुनै न कुनै आर्थिक काण्डमा मुछिए। छानबिन गर्ने निकायदेखि धेरैजसो निकाय राजनीतिको छायाँमा परेको हाम्रो समाजमा भ्रष्टाचारीमाथि खासै कारबाही भएन र त्यो क्रम अझै जारी छ। अझ सरकार र सरकारका मन्त्री सबैभन्दा धेरै भ्रष्टाचारी भएको भनिएको समय पनि नयाँ शक्ति पार्टीकै संयोजक प्रधान मन्त्री भएको बेलाको हो। ठूलो सरकार अनि एकपछि अर्को काण्ड र प्रधान मन्त्रीको मौनता। त्यतिमात्रै हैन, उनका आफ्नै नातेदारहरुको नाम विभिन्न भ्रष्टाचारसँग मुछिएर आएका खबर पनि पुराना भएका छैनन्। यस्तो सरकारको नेतृत्व गरेका संयोजकलाई अब आर्थिक अनुशासनयुक्त समाज निर्माणको ठेकेदार कसरी मान्ने? के रंगशालमा भएको खर्चको विवरण सार्वजनिक गर्दैमा पुराना सबै गल्ती माफ हुन्छन्? पुराना कुरामा सार्वजनिकरूपमा उनले स्पष्टीकरण दिनुपर्दैन? अरुको आलोचनामा सयौं लेख खर्च गर्ने संयोजकले अब पार्टी नै गठन गरिसकेपछि सबै प्रश्नको जवाफ दिनुपर्दैन? कि सधैँ जनता झुक्याउन उचित समयमा मात्रै जवाफ दिन्छु भनेर यथार्थबाट भाग्न मिल्छ?

जनता र देशका लागि काम गर्न सरकारमै जानुपर्छ भन्ने छैन। अहिले पनि सयौं यस्ता काम छन् जुन सरकारबाट बाहिर बसेर गर्न सकिन्छ। के नयाँ शक्ति त्यसका लागि तयार छ? के भूकम्पपीडितका लागि राहत दिन र सरकारबाहिरै बसेर देश विकासको खाका कोर्न त्यो पार्टी तयार छ? चुनावमा भाग लिनुभन्दा अगाडि उसले गर्ने व्यवहार नै उसको परीक्षा हुनेछ। शिक्षित पार्टीले यदि समयमै पहिला गरेका गल्तीमा क्षमा माग्दै अब कुनै हालतमा त्यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता दोहोर्‍याएमा पार्टी अगाडि आउन भने सक्छ।

तर माथिका तथ्य लुकाउन कहिले पाँचतारे होटेलमा छिर्दिन भन्नै अनि कहिले म मेरा लागि घर बनाउँदिन भनेर गरिबको मनोभावनामा खेलबाड गर्दै देशलाई अर्कौ २५ वर्ष पछाडि लैजाने काम गर्नुभन्दा कमसेकम एउटा दुईटा मात्रै राम्रो काम गरिदिए हुन्थ्यो। नत्र गफमात्रै गर्न र सिन्को नभाँच्न अहिलेकै प्रधान मन्त्री काफी छन् नेपालमा, किन अर्को नेता र पार्टी चाहियो र?