Article

रामवनमीमो अवसरमा मेरो प्रतिबद्धता

Raju Nepal

 

रामवनमीमो अवसरमा मेरो प्रतिबद्धता 

हामीले सानै उमेर देखि सुन्दै आएका आदर्शका कथा भनेकै रामको हो । रामायणका कतिपय प्रसंगहरु हामीलाई हाम्रा माथिल्लो पुस्ताले सुनाउँदै हुर्काउनुभयो । आदीकवि भानुभक्त आचार्यले नेपाली पद्यमा रामायण लेखेर लगाउनुभएको गुण नेपालीले कहिल्यै बिर्सनेछैनन् । 
एक दिन नारद सत्यलोक पुगिगया..... 
सायद यो श्लोक नआउने नेपाली को होला र ? समय सापेक्ष पद्यमा लेखिएको सो रामायणपछि यतिका बर्षसम्म पनि गद्यमा पुरा बाल्मीकि रामायण नेपालीमा आउन सकेन । आएका केहि रामायण पूर्ण रामायण बन्न सकेनन् । 
यो कमी पुरा गर्न मैले २४ हजार श्लोक भएको बाल्मीकि रामायणलाई जस्ताको तस्तै नेपालीमा बनाउने काम सुरु गरेको जानकारी आज रामनवमीको पावन अवसर पारेर सबैमा दिन चाहान्छु । 
ए ४ साइजमा करिब १ हजार पाँचसय पेज जतिको हुने यो रामायण अर्को रामनवमी सम्ममा बजारमा ल्याउने मेरो प्रयास रहनेछ । यस्को प्रकाशन पछि सबै नेपाली भाषीले सरल, अहिलेको बोलिचालीमा सम्पुर्ण रामायण आफ्नै मातृ भाषमा पढ्न पाउनेछन् । 

जय श्री राम ।