Article

उमेर तीन प्रकारको हुन्छ

Raju Nepal

उमेर तीन प्रकारको हुन्छ । 

पहिलो, क्यालेण्डरमा उमेर । यो साल यो महिना यति गते जन्मेको, नागरिकतामा भएको जन्ममिति अनुसारको उमेर । यो उमेरले पढ्ने, जागिर खाने आदी कुरामा महत्व राख्छ । 
दोश्रो, स्वास्थ्य उमेर । कुनै मानिसले आफ्नो स्वास्थको कति ख्याल गर्छ भन्नेबाट यो उमेर निर्धारण हुन्छ । एउटै क्यालेण्डर उमेरका मानिसहरु पनि फरक फरक देखिनुको प्रमुख कारण यहि हो । यो उमेरले मानिसलाई शारीरिक रुपमा फुर्तिलो वा अल्छी बजाउँछ । 
तेश्रो, दिमागी उमेर । यो प्रमुख उमेर हो । तपाईं आफुलाई क्यालेण्डरको रुपमा कति बर्षको जस्तो लाग्नुहुन्छ ? कति सकारात्मक सोच राख्नुहुन्छ ? के गरौं जस्तो लाग्छ ? यी सबै कुराले यो उमेर निर्धारण हुन्छ ।

तसर्थ जीवनमा पहिलो उमेरलाई २० प्रतिशत, दोश्रो उमेरलाई ३० प्रतिशत भार दिएर तेश्रो उमेरलाई ५० प्रतिशत भार दिउँ । खुशी बाचौं ।