Article

नारी दिवसः जीवनका केही महत्वपूर्ण नारीहरुको सम्झनामा

Raju Nepal

आज नारी दिवसः 
मेरा जीवनका केही महत्वपूर्ण नारीहरुको सम्झनामाः

मेरो जीवनको पहिलो नारी मेरी आमा, जस्ले मलाई जन्म दिइन्, हुर्काइन्, बढाइन्, पहिलो बिद्यालय बनेर पढाइन् । अनि,

मेरी हजुरआमा, सानिमा, ठुलीआमा जस्ले मलाई हुर्काउन मदत गरे । 

मेरो जीवनको पहिलो नारी साथी मेरी दिदी, जो मेरी आमा पछिकी आमा हुन् । 

मेरी श्रीमती जस्ले मलाई बाँच्न,हाँस्न, रुन, झगडा गर्न सिकाउँदै सधैं मलाई साथ दिइन् । 

मेरा दुई छोरीहरु जो मेरालागि आफुभन्दा बढी प्याराछन् । 

मेरो स्कूल, कलेजका नारी शिक्षिकाहरु, स्कूल कलेज अनि सँगैकाम गरेका नारी साथीहरु जो मेरो जीवनसँग जहिलेपनि जोडिएर रहे । 

सामाजिक सञ्जालमा भेटिएर नजिक भएका मेरा नारी साथीहरु । 

मेरी प्यारी साथी, जो समय अनुसार मेरी आमा, दिदी र श्रीमती बनिन् र मलाई सधैं जीवन बाँच्न घच्घचाइरहिन् । मन, वचन र कर्मले साथ दिंदै भोलेबाबाको आशिर्वादको रुपमा हरेक समय म सँगै रहने ऊ । 

माथिका सबैप्रति म नतमस्तक छु र रहिरहनेछु ।