Article

लघुकथा: छोराछोरी

Raju Nepal

लघुकथा 

छोराछोरी 

आमाले पाँच छोरी पछि छोरो जन्मेको खुशीमा खसी काटेर भोज ख्वाएकी थिइन, कुलको उत्तराधिकारी,ढिकुराको पुजारी आयो, बंश चल्यो, स्वर्ग जान पाइने भो भनेर । अचेल न त बाबुले पढाउन सक्छन् न त आमाले खान दिन नै । आज त्यही छोरो आफैंलाई धिक्कार्दै छ कस्तो घरमा जन्म लिएछु भनेर । 

बाबुले पहिलो पटक छोरी जन्मेकोमा नातेदारलाई लुगा बाँडेका थिए, घरमा लक्ष्मी आइन् भनेर । आज त्यहि छोरीको चालचलनले बाबु भन्दैछन् "बरु त्यहीबेला गर्भपतन गराएको भए यो दिन त देख्नुपदैनथ्यो । यस्की बहिनी सानैमा मरी ठुला घर परी ।" 

क्रमशः