Article

अर्थ प्रवाह २४ पुस - मसान्त : बैंक र व्यापारी

Raju Nepal

पुस मसान्त। अरु सबैतिर धेरै जाडो भए पनि नेपालको एउटा क्षेत्र भने यो बेलामा सधैँ तात्छ, त्यो हो– बैंकिङ। अर्धवार्षिक खाता मिलानको समय भएकाले यो क्षेत्रका बैंक, विकास बैंक र वित्तीय संस्थामात्रै नभई कारोबारी व्यापारीलाई पनि छपक्कै छोपेको छ अबको तीन दिनमा आउने पुस मसान्तले। त्यसैले कौतुहलता, संशय र डरमा छ यो बेला नेपालको वित्तीय क्षेत्र।

बैंक तथा सबै वित्तीय संस्थाको यो वर्षको कारोबार कस्तो भयो भनेर आफूले आफैँंलाई, अरुले आफूलाई तथा आफूले अरुलाई जाँच्ने भनेकै अर्धवार्षिक कारोबारको अंकको आधारमा हो। गत सालको भन्दा कुन–कुन क्षेत्रमा राम्रो व्यापार भयो, कहाँ व्यापार खस्क्यो भन्ने जस्ता सबै कुरा नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा प्रकाशित गर्ने विवरणले देखाउने हुँदा सबैले यो बेलालाई धेरै महत्व दिन्छन्। ब्याज–आम्दानी कति बढ्यो, खर्च के भयो, विदेशी मुद्राको कारोबारबाट कति कमाइयो मात्रै हैन, कति ऋण बिग्रे वा पोहोर बिग्रेका कति ऋण उठ्योसम्मका सबै हिसाब थाहा हुने हुँदा पनि यो बेला महत्वपूर्ण छ सबैका लागि।

पुस मसान्तको प्रकाशित विवरण बाँकी आधा वर्षका लागि बजारमा जान हाम्रो विवरण यस्तो छ भनेर गर्व गर्ने एउटा माध्यम बन्छ बैंकहरुका लागि। साथै यदि कतै कुनै क्षेत्र बिग्रेको छ भने पनि बाँकी आधा वर्षमा मेहनत गरेर त्यो क्षेत्र उकास्नसमेत यसले ऐना देखाउने काम गर्छ।

पुस मसान्त हरेक साल आउँछरजान्छ। बैंकर र व्यापारीहरु तात्छन्रसेलाउँछन्। यसै पनि बैंकरबीच एउटा भनाइ धेरै वर्षदेखि चलनमा छ– ’पुसमा २७ गतेसम्म बैंकहरु पैसा उठाउँछन् अनि नउठेकामा २८ गतेदेखि मसान्तसम्म आन्तरिक मेमो उठाउँछन्।’ यसको अर्थ कति पैसा नै उठाइन्छ भने कति आन्तरिक हिसाब मिलान गरिन्छ तर नाफा बढाउन भने छाडिन्न भन्ने हो।

यो वर्ष बैंकरहरुका लागि सहज छैन। पहिलो त भूकम्पले करिब ३ महिना धेरै काम रोकियो। भूकम्पको मार झण्डै देशको ७० प्रतिशत वित्तीय कारोबार हुने स्थानमा परेका कारण पनि सबैखाले व्यापारमा त्यसले असर गर्योो। त्यसको असर असार मसान्तमा खासै देखिएन तर असोज मसान्तमा देखियो। पुसमा त्यसको मार देखिने वा नदेखिने भन्ने सोच्नै भ्याइएको थिएन, नाकाबन्दी सुरु भइहाल्यो। नाकाबन्दीले सबैखाले व्यापारलाई असर पार्यो् कालोबजारीबाहेक। झण्डै चार महिना लामो नाकाबन्दीको असर अब सबैभन्दा बढी पर्ने भनेको बैंकको वित्तीय विवरणमै हो।

नेपालका प्रमुख व्यापारहरु केलाउने हो भने पनि अब के होला भन्ने सोझै अनुमान लगाउन सकिन्छ।

पर्यटन स् बैंकहरुको पर्यटन क्षेत्रमा ठूलो लगानी छ। यो साल पर्यटन क्षेत्रले इतिहासमै सबैभन्दा बढी नोक्सान बेहोरेको हुनुपर्छ। प्रमुख पर्यटन क्षेत्रका होटलहरु पुरैजसो खाली रहे भने अरुखाले पर्यटन गतिविधि करिब करिब ठप्प रह्यो। धेरै होटल त सदाका लागि नै बन्द भए। भएकाको दर पनि यति तल आयो कि त्यसले बैंकको साँवाको कुरा त परै जाओस्, ब्याज पनि तिर्न पुग्दैन। कमाइमा आएको कमी र इन्धनको चर्को समस्याले आन्तरिक पर्यटन नकारात्मक रह्यो। यस्तो स्थितिमा पर्यटन क्षेत्रमा गएको कर्जा उठ्ने कुनै सम्भावना नै छैन र आशा गर्नु पनि बेकार छ।

उद्योग स् नेपालका प्रमुख उद्योग तराईकेन्द्रित छन्। तराई पाँच महिनादेखि आन्दोलित छ। उद्योगमात्र नभई तराईका सबैखाले गतिविधि शून्यप्रायः छन्। उत्पादन ठप्प छ, कहीँ कतैबाट कुनै वस्तु उत्पादन भए पनि बजारसम्म पुर्यारउन सकिएको छैन र बजारमा अत्यावश्यकबाहेक अरु वस्तु पुगे पनि क्रेता छैनन्। अर्को शब्दमा भन्दा उद्योग धराशायी भए र बचेका केही पनि अब यो नाकाबन्दी अरु केही समय लम्बिएमा धराशायी हुने निश्चित छ। कच्चा पदार्थ अभावदेखि लिएर विजुली संकटसम्म सबै मार उद्योगमा एकै पटक देखिए। उद्योग धन्दावालाले घरबाट ल्याएर केही पैसा तिरे कुन्नि, नत्र बैंकको एक पैसा पनि तिर्न सक्ने हैसियत उनीहरु राख्दैनन्।

व्यापार स् चाडबाडका बेला हजारौँ ट्रक विभिन्न नाकामा महिनौँ रोकिए। दशैंका सामानसमेत बजारमा आइपुगेनन्। अलिअलि आएका पनि क्रेता अभावमा बिकेनन् किनकि भूकम्प र नाकाबन्दीले मानिसको क्रयशक्तिमा धेरै ह्रास आइसकेको छ । धेरै सामान बिक्री हुने काठमाडौंको नयाँसडक र विभिन्न मलमा मान्छेको भिड हेर्न क्रिसमस कुर्नुपर्यो । अझ लोडसेडिङका कारण विभिन्न मल त धेरैजसो बन्द नै हुन्छन्। सामान रोकिँदा लागेको विलम्ब शुल्क कतिपय स्थितिमा सामानको लागतभन्दा बढी हुन पुगेको व्यापारी बताउँछन्। सामान नै नबिकी बैंकको पैसा कसरी तिर्नु?

घर–जग्गा स् यो अवधिमा घर–जग्गा व्यापार पुरै बन्दजस्तै रह्यो। धेरैजसो ठूला घर जग्गा व्यापारीका अनुसार गत वैशाखदेखि बिक्री शून्य जस्तै छ। एक टुक्रा व्यापारिक घडेरी वा अरुखाले घर बिक्री भएका छैनन्। भूकम्पले गर्दा अपार्टमेन्ट व्यापारमा आएको शून्यता हटेको छैन। यो क्षेत्रका व्यापारी अहिले सबैभन्दा बढी पीडित हुन् भन्दा गलत हुँदैन। पटकपटकको राष्ट्र बैंक र सरकारले जारी गर्ने नियमको प्रहारबाट थलिएका यो क्षेत्रका व्यापारीलाई दैवीप्रकोपले पनि अझ बढी थला पारिदिएको छ।

तर यो क्षेत्रमा बैंकले ऋण प्रवाह गर्दा अलि बढी नै धितो राखेका हुन्छन् र कतिपय स्थितिमा पास भएको ऋणको पुरै हिस्सा व्यवसायीलाई नदिएर बैंकले आफैँंसँग राखेको हुन्छ। यस पटक पनि बैंकले त्यही चोर बाटोबाट यो क्षेत्रको ऋण ’राम्रो बनाउने’ प्रयास गर्नेछन्। तत्कालका लागि यो बाटो राम्रो देखिए पनि दीर्घकालमा बैंक डुबाउने अस्त्रचाहिँ यही हुने पक्का छ। यदि घर–जग्गा व्यापारको सम्बन्धमा यो पटक सरकार, राष्ट्र बैंक र बैंकहरु मिलेर कुनै राम्रो व्यवस्था चाँढै नै नल्याएको खण्डमा यसले दूरगामी प्रतिकूल असर पार्नेमा कुनै सन्देह छैन।

सवारी साधन स् एकातिर मध्यमवर्गीय समाजको क्रयशक्तिमा आएको कमी र अर्को्तिर इन्धनको चर्को अभावले दुई पांग्रे र चारपांग्रे सबै प्रकारका सवारी साधनको बिक्रीमा धेरै कमी आएको छ। धेरैजसो सवारी साधन बेच्ने स्थानमा गएर आफूलाई मन पर्ने सवारी खोज्यो भने अहिले छैन, आधा पैसा तिरेर बुक गर्नूस्, हामी मगाइदिन्छौं चार महिना लाग्छ भन्ने जवाफ पाइन्छ। यसबाट थाहा हुन्छ– उनीहरुको व्यापार कस्तो छ भन्ने ेकुरा।

अब यतिमात्रै नभई नाकाबन्दीका कारण कतिपय व्यापारिक संस्था पुरै बन्द भएका छन्। कतिपयले आफ्ना आधाभन्दा बढी कर्मचारीलाई बाध्यतात्मक बिदामा पठाएका छन् भने कतिपय जबर्जस्ती काम गर्दैछन्। यसरी आधा कर्मचारी बिदामा पठाउनेले बैंक ऋण कसरी तिर्लान्?

निर्माण व्यवसाय पुरै ठप्प छ, चाहे त्यो सरकारी होस् वा निजी। अब निर्माण सामग्री उत्पादक तथा व्यवसायीले बैंकमा गएर के भन्दै होलान् भन्ने जोसुकैले पनि अनुमान लगाउन सक्छ।

भूकम्पपछिका दिनमा पत्रपत्रिकामा आएका विज्ञापन हेरेर पनि यो समयको व्यापारको आकार जोसुकैले अनुमान लगाउन सक्छ। पत्रपत्रिकाका विज्ञापन ५० प्रतिशतभन्दा बढीले घटेको छ। टेलिभिजनको कुरा गर्दा लामो समयदेखि बजारमा एकछत्र राज गरिरहेका हाँस्यशृंखलासमेत विज्ञापनको अभावमा बन्द भएकाले पनि सबै कुरा बुझ्न सकिन्छ। बजारमा विज्ञापन घट्नु भनेको सिधा अर्थमा व्यापारमा आएको कमीबाहेक अरु केही हैन।

हरेक सालझैं यसपटक पनि ब्याज तिर्नका लागि केही ठूला सेयर लगानीकर्ताले यो समयमा कृत्रिमरूपमा केही सेयरको भाउ बढाउने काम गरे र बैंकले त्यसलाई सहजरूपमा लियो। सरकार र नियमनकारी निकायले यो कुरा बुझेन वा बुझ्न चाहेन।

माथिका सबै तथ्यले यो पटक कति व्यवसायीले ऋण वा ब्याज तिर्न सक्छन् भनेर स्पष्ट देखाउँछ। पक्कै यो पुस मसान्त त्यति सहज छैन बैंकहरुका लागि। यसले ब्याज–आम्दानीमात्रै हैन, अरु गैरब्याज–आम्दानीमा समेत नकारात्मक असर पारेको छ। लामो समयदेखि नखोलिएको प्रतीतपत्र र विकास निर्माणका काममा आएको रोकावटले जमानतपत्रका काम रोकिन गए। यसले कमिसन आम्दानीका साथै विदेशी मुद्राबाट हुने आम्दानी कम हुने नै भयो।

माथिका त भए आम्दानी कम हुने कारणहरु। यी कारण अझ धेरै छन्। साथै यो अवधिमा ऋण प्रवाह न्यून रह्यो। निक्षेप बढ्यो। यसले पनि बैंकको आम्दानीमा प्रतिकूल असर गर्योा। तर यसको प्रतिकूलताबाट बच्न बैंकहरुले निक्षेपमा दिने ब्याज र नयाँ प्रवाह हुने ऋणमा ब्याज घटाए। जसको प्रभावस्वरूप ठूलै रकम बचाउने काम गरे।

यहीबीचमा बैंकहरुमा नयाँ विकृति देखापर्योऋ। बजारमा भएको अत्यधिक तरलताको फाइदा उठाएर केही बैंकले पुराना ग्राहकलाई नयाँ ऋण दिएर त्यही पैसाले पुरानो ब्याज उठाए। यो कुराको पुष्टि व्यवसायीहरु आफैंँ खुलेआम गर्छन्। यसले उनीहरुको पुस मसान्तको वित्तीय विवरणलाई त केही हदसम्म ढाकछोप गर्ला तर बैंकलाई सदाका लागि कमजोर बनाउने काम भने अवश्य गर्यो।

बैंकरहरुले बुझ्न नचाहेको र नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई बुझाउन नसकेको कुराचाहिँ के हो भने एक वर्ष नाफा घट्दैमा केही फरक पर्दैन, बैंक बलियो हुनुपर्योह। यदि यो पटक पनि बैंकको नाफा पोहोर वा अघिल्ला त्रैमासभन्दा बढी देखिएमा त्यो ’लुट वा झुटको खेती’ भनेर ठोकुवा गरिदिए हुन्छ। जबसम्म नयाँ ऋण प्रवाह गरेर वा पुसको २८ गतेदेखि मेमो उठाएर वित्तीय विवरण राम्रो बनाउने काम गरिन्छ त्यसले कसैको भलाइ गर्दैन। फेरि देशका सबैखाले वित्तीय विवरण नकारात्मक भइरहेका बेला बैंकको मात्रै नाफा बढेको देख्दा त्यसलाई ओलीको जोकसँग तुलना गर्ने दिन नआउला भन्न सकिन्न।

http://nagariknews.com/opinion/story/52244.html

 
नागरिक दैनिकमा प्रकाशित मितिः २०७२ पुस २७ साेमवार