Article

सानिमा मन चालिसे प्रति श्रद्धान्जली

Raju Nepal

 

मेरी सानिमा, मन चालिसे, जस्ले मेरो जन्म पछिको पहिलो रुवाई सुन्नु भयो, मैले आँखा खोल्दा सबैभन्दा पहिले उहाँलाई नै देखें, जस्ले मलाई मेरी आमाले भन्दा पहिले देख्नुभयो र जस्ले मलाई क ख ग, A B C  , १ २ ३ 1 2 3  मात्र नभइ, कलम गन खरायो पाल, भनेर पढाउनु भयो उहाँको आज बिहान निधन भएको छ । मेरी सानिमा मेरी पहिलो गुरु र मेरी जन्म दिने आमा पछिकी आमाको पार्थिव शरीरमा मुखाग्नी दिएर आएपछिका स्थिति बर्णन गर्न सक्ने हिम्मत म मा छैन । हार्दिक श्रद्धान्जली । मेरो अर्को जन्ममा पनि मेरी सानिमा हुन परमेश्वर सँग प्रार्थना ।