Article

कथा: हुत्तराज

Raju Nepal

तपाईंको न्वारानको नाम के हो ?

हुत्तराज । 

जन्म मिति र जन्मस्थान ? 

२०२४ साल असार २४ गते, काठमाण्डौको वटु । 

करिब ४० बर्षकी ज्योतिष शर्मिला तर लवाई र स्वास्थका कारणले झण्डै ५० माथिकी देखिन्छिन र उन्को अगाडी छन आफ्नो भाग्यबारे उत्सुकता पुर्बक जान्न बसेका हुत्तराज । लमजुडबाट काठमाण्डौ आएकी शर्मिलाको काम दिन भरि अरुको भाग्य हेर्नु हो । औपचारिक रुपमा कुनै शिक्षा हासिल नगरेकी उनी खै कसरी हो चिना, टिप्पन हेर्न खप्पिस छिन् । उन्को थोत्रा मैला कपडा, धेरै दिन देखि लट्टा परेका कपाल आदीले उन्को निम्न बर्गीय आर्थिक अबस्था भने स्पस्ट झल्काइरहेको थियो । 

सानो मधुरो बत्ति बलेको कोठा जहाँ दिउँसै पनि बत्ति बाल्नु पर्छ अनि हावाको निर्बाध आबागमनमा परेको बाधाले होला, कोठामा एकदम गर्मि छ । एक दिनमा करिब २० जना सम्मको चिना हेर्न भ्याउने उन्को कमाइ भने ग्राहकले दिएका २००।५०० रुपैया मात्रै हुन । 

तपाईंको चिना छैन र ? एउटा कापीमा हुत्तराजले भनेका उस्का जन्मका बारेका तिथि मिति लेख्दै सोध्छिन् । 
छ न त छ तर यहाँ ल्याएको छैन । उ फटाफट भन्छ । 
चिना ल्याउको भए सजिलो हुन्थ्यो, तर पनि केहि छैन । उनी आफुसँग भएको रातो र कालो लेख्ने कलमले कापीमा करिब प्लस २ पावरको चस्मा लगाएर हुत्तराजको भाग्य कुण्डली बनाउँदै भन्छिन् । 

एकछिनको मौनतामा हुत्तराज ज्योतिष र त्यो हजार्रौको भाग्य बताइएको कोठा र बताउने मान्छे नियाल्दै थियो भने उनी चाहीं अनुहारको भाव हरेक पल बदल्दै कोठामा १ देखि १२ र ग्रहहरुलाइ बास बसाउँदै थिइन् । 

तपाईंको राशी कर्कट, नक्षत्र तिश्य हो अनि गोत्र चाहिं घृतकौशिक । ४५ बर्ष, अँ हैन अब असारमा त ४६ बर्ष नै पुरा हुन्छ तपार्इंको । उनी बोल्दै गइन र हुत्तराज सुन्दै । 

तपाईंको अहिले शनी को अढैया दशा चलिरहेको छ । सनी बक्री रहेछ । शनी लग्न को स्वमीको रुपमा तृतीय स्थानमा बसेको रहेछ र तपाईंको जन्म मकर रासीमा भएको रहेछ । 
तपाईंको छैठौं स्थान मा बुधारित्य राजयोग परेको छ र बृहस्पती उच्च रहेको देखिन्छ । अनि तपाईं ४८ बर्ष सम्मको हुँदा भदृका योगिनी महदशा छ । भदृका बुध कि पत्नी हुन र यस्लाई योगिनी महदशा पनि भनिन्छ ।  साथै तपाईं ५२ बर्ष ८ महिना नपुगुन्जेल चन्द्रमा को महादशा छ । बुध चन्द्रमा को पुत्र हो ।  उनि बोल्दै गइन र हुत्तराज सुन्दै । कोठामा अरु कुनै आवज छैन । उन्ले बोलेक कुरा हुत्तराज ले केहि बुझेको छैन । महादशा जस्ता शब्द सुन्दा हुत्तराज सोच्दै छ कस्तो नराम्रो समय रहेछ, दशा मात्र रैछ । राजयोग भनेको चै राम्रैहोला भन्ठान्यो उस्ले ।

एकोहोरो आफ्नो कापीमा केहिबेर घोत्लेर उनि फेरी बोल्न सुरु गर्दै उनि भन्छिन् चन्द्रमा स्वगृही र बृहस्पती सँगै सप्तम घरमा बसेर गजकेशरी राजयोग पारेका रहेछन तपाईको भाग्यमा । यस्तो राजयोग संसारका बिरलै मान्छे हरुमा पर्छ, तपाईं सँग त सँगत हुने मान्छे पनि ठुला हुन्छन र तपाईं को रिस गर्नेको कहिल्यै पनि भलो हुँदैन । दशम घर जस्लाई सुक्रको मनिन्छ, त्यहाँ मंगल केतु सँग बसेको छ र त्यो पनि एक प्रकार ले राजयोग नै हो । तर पनि मंगल गएर सुक्रको घर म बस्दा तेत्ती उत्तम मानिन्न ।  सत्रु लाग्छन । पहिलो पटक कुनै लग्न, घर र ग्रहको बारेमा अर्थ खोल्दै उनि भन्छिन् । 

फेरी उनि सुरु गर्छिन र भन्छिन् तपाईं को केन्द्रबर्ती पापग्रह छ जस्ले तपाईंलाई बाबु बजेको स्थान बाट कर्मका लागि अन्यत्र लान्छ । बाबु बाजेले आर्जेको ठाउँमा बसी गरी खाने तपाईंको योग नै छैन । शान्त हुत्तराज झस्कन्छ र एकटक भएर ज्योतिशी लाई हेर्दै गम्न थाल्छ, ए हो कि क्या हो, यिनी ले त मिलाउछिन क्यारे, आफ्नो यौबन अवस्था मै बल्ल बल्ल रिण काढेर, थोर बहुत भएका श्रीमतीका गहना बेचेर बनाएको घर छाडि अन्तै बसाई सर्नुको मुख्य कारण त यो केन्द्रबर्ती पाप ग्रह पो रैछ । उस्को एकटक सोचाइ भँग गर्दै उनि फेरि बोल्न थाल्छिन्  मिन राशिमा बसेको तृतीय शनी ले तपाईं लाई सधै राम्रो काम गराउछन र ठुला ठुला ब्यक्ति सँग सम्पर्क गराउछन् । 

तपाईंको अश्ठम सुक्र सिंह राशीमा गएर बसेका रहेछन, त्यो चाहिं नराम्रो हो । यस्ले गर्दा तपाईंले बोलेका कुराले जस पाउदैन र आफु भन्दा तलकाले तपाईंले बोलेक कुरालाई सजिलै ग्रहण गर्दैनन्  । 
धन स्थानकोे स्वामी तेश्रोे स्थानमा बसेकोले तपाईंले धनको कहिले पनि पर्बाहा गर्नु भएन र गर्नु हुन्न पनि । यती सुनेपछी उन्लाई बिचमै रोकरे हुत्तराज बोल्यो, मेरो यो रिणको समस्या बाट कहिले मुक्त हुन्छु होला र यती सोध्दा उस्लाई लागिरहेको थियो कि उस्को लगेको रिन तिरिदिने उनै ज्योतिश हुन् । 

तपाईं लाई रिन नलाग्नु पर्ने कुन्डली हेर्दा त,  रिन छ र ? उनि प्रश्नबाचक बनिन् । हुत्तराज ले कुनै जबाफ फर्काएन तर एकोहोरो हुँदै सोच्यो, कतै चिना पो मिलेन कि ? अघी त मिलेको जस्तो लग्थ्यो । मौनता चिर्दै उन्ले फेरि सुरु गरिन् तपाईंले कुनै एउटा सम्पत्तिको गाँठ फेला पार्नु होला, जस्ले तपाईं को जीवन नै अर्काे हुन्छ र त्यो चाहीं तपाईं को बाउ बाजेको चाहि हैन है ? उन्ले समयसीमा र रकम भने तोकिनन् तैपनी हुत्तराज मक्ख पर्यो, सायद यि सबै कुरा सुन्न भनेर नै  उ त्यहाँ गएको थियो । 

त्यो प्रसँग त्यहीं रोकेर उनी अगाडी भन्दै गइन्,  तपाईंको मंगल दुषित छ, सुक्रको घर जुन सत्रु को घर हो, त्यहाँ मंगल गएर बसेको छ । तपाईं को कुन्डलीमा केतु र मंगल जो दाजुभाई हुन दशम स्थानमा गएर बसेका छन्, त्यस्ले सत्रु बढाउँछन् । एकैछिन घोरिएर हुत्तराज सँग आखाँ जुदाउदंै उनि भन्छिन्, तर सत्रुले तपाईंलाई कहिले पनि पराजित गर्न सक्दैनन् ढुक्क हुनुहोस । 

यती सबै कुरा भनिसकेपछी हुत्तराजको कुन्डलीबाट आँखा हटाएर उ सँग आँखा जुदाउदै उनि माथिका अर्थ नलगाइ भनेका कुराको अर्थ लगाउँन थाल्छिन । 

हुन पनि अघी उन्ले कुन्डलिका बारेमा अर्थ नलगाइ भनेका कुराको सुझबुझ हुत्तराज म केहि थिएन । उस्ले बुझे अनुसार राजयोग भनेको राम्रो हुनु पर्छ र दशा भनेको नराम्रो अनि अझ महादशा भनेको त झनै नराम्रो हो । तर तेस्को बिपरित उनि भन्दै थिइन शनिको अढैया अनि योगिनी महादशा ले तपाईंलाई अत्यन्त लाभ दिन्छन । यि दशा तपाईंले नयाँ काम गर्ने, ठुला मान्छे सँग भेट्ने, देश बिदेश भ्रमण गर्ने अबसर प्राप्त गर्नु हुनेछ । धेरै वटा काम एकैपटक गर्नु पर्ने छ र अलिअलि मानसिक उल्झन भएपनी बिस्तारै सुल्झदै जानेछन ।

अब आयो कुरा शिक्षा दिक्षा अनि पारिबारिक बातावरण को, अलिक कुरा चपाउँदै उनि केहि कुरा भन्दै थिइन भने हुत्तराज बिद्यान को प्रबचन सुन्न एकाग्र भई बसेको श्रोताझै सुन्दै थियो । 

तपाईका छोरा छोरीले तपाईंलाई साथ दिने छैनन्, भएका छोरा छोरीका सँख्या र लिंग ठ्याक्यै मिलाउदै उन्ले भनिन । एकोहोरो भई सुनिरहेको हुत्तराजको अनुहार यो सुनेर एकएक बदलियो, र त्यहाँ बिस्मयाबोधक र प्रश्नबाचक धर्षाहरु देखिन थाले, त्यो देखेर उन्ले फेरी भनिन् मेरो मत्लब अहिलेक बच्चाहरु बिदेश जान्छन् बाबु आमासँग कहाँ साथ रहन्छन र ? यो सुनेर हुत्तराज ले लामो सास फेर्यो । 

तपाईंले पढ्न त धेरै पढ्नु भएको जस्तो छ तर पनि अझै दुई वटा डिग्री पढ्न बाँकी छ, उन्ले भनिन जस्मा हुत्तराज ले खासै ध्यान दिएन किनकी पढाई अब यो उमेरमा उस्को दिमाग बाट टाढा गै सकेको थियो । 

मलाई तपाईं को पूर्व जन्मका र आगामी जन्मका कुरा पनि थाहा भो तर भन्दिन, उन्ले भनिन जस्मा हुत्तराजले केहि कुरा त भन्नुस भनेर कर गर्दा पनि उन्ले भन्न चाहिनन् । तर यती चै भनिन कि तपाईं सँग अहिले भएको मान मर्यादा र पैसा सबै पूर्व जन्मको कमाइ हो ।  यो जन्ममा केहि कमाउनु भाको रहेनछ । उस्ले कुनै जबाफ फर्काएन किनकी यो कुरा उस्को समझ भन्द टाढा थियो र उ यो कुरा म बिश्वास पनि धेरै गर्दैन ।
तपाईं लाई ढाड दुख्ने, ब्लड पेसर अनि हर्ट को पनि रोग हुन सक्छ, उन्को कुरा सुनेर हुत्तराज ले भयो उमेर ढल्कदै गए पछी सबै लाई रोग लाग्छ नि र धेरै जसो मान्छे लाई लाग्ने रोग यही हुन । उनि हासिन मात्र केहि जबाफ फर्काइनन् । 

तपाईंले हनुमान, गणेश र देवी को पुजा आराधाना गर्नुस, यसो हेर्दा तपाईं धर्ममा धेरै बिश्वास गर्ने जस्तो लागेन उन्ले भनिन्, सायद हुत्तराज को हाउ भाउ ले उन्लाई तेसो भन्न लगयो होला चिना ले हैन । हुत्तराज मन मनै हाँस्यो केहि बोलेन र सोच्यो बिहान सालीगा्रम पुजा गरेपछी लगाएको चन्दन र साईबाबा को बिभुती मेटिइएछ कि क्या हो निधार मा ? 

एकछिन हुत्तराज को अनुहारमा हेरेर उन्ले भनिन, तपाईं को श्रीमती एक मात्र हुन कि बढी ? हुत्तराज ले जबाफ फर्काउनु को साटो उल्टो प्रतिप्रश्न गर्यो, किन र ? उन्ले भनिन तपाईंको जस्तो कुन्डली भएको मान्छेसँग लामो समय कोइ पनि स्त्री टिक्दैनन तेसैले सोधेको । तपाईं साह्रै कडा हुनुहुन्छ । हुत्तराज ले हासेर भन्यो दुइ दशक भन्दा बडी देखी मागी बिहे गरेकी श्रीमती सँगै घर जममा छु, उन्ले सायद पत्त्याइनन र भनिन तपाईंहरु को बिछोड त लेखेको छ चिनामा, यदी अरु कारण ले नभए तपाईं भन्दा तपाईं कि श्रीमती को मृत्यु तपाईंको भन्दा अगाडी हुन्छ र पनि बिछोद त हुन्छ नै । उनि एक्दमै स्पस्ट थिइन यो भन्दा । 

हुत्तराज ले भन्यो संसारमा सबै लोग्ने स्वासनी एकैदिन त कोइ कोइ पो मर्छन त, अगाडी पछाडि त भई हाल्छन नि । उन्ले भनिन तेसो भए तपाईं लाई श्रीमती को शोक पर्ने पक्का छ । हुत्तराज झस्कियो र आफ्नी श्रीमती को गोरो हसिलो र मायालु अनुहार सम्झदै सोच्यो हे भगबान यो ज्योतिश के भन्दै छिन । झन्डै झन्डै बाल विवाह गरेकी श्रीमती को बियोग को कल्पना पनि गर्न चहेन हुत्तराज ले ।

अरु केहि सोध्नु छ भनेर उन्ले सोधे पनि अब हुत्तराजलाइ कुनै कुरा सोध्नु थिएन, अगाडी भएको थालीमा पाँचसय रुपैयाँ राखेर दुई हात जोडेर बिदा लिना खोज्दा उन्ले भनिन्, एकदिन श्रीमतीको पनि चिना लिएर आउनुस न अनि फेरि बिस्तृत म हेरांैला । उस्ले जबाफ फर्काएन र त्यहाँ बाट निस्कियो ।
बसन्तपुर देखी सुन्धारा सम्म एक्लै तर भिड भाडका बिच हिड्दै जाँदा उ सोच्दै थियो, किन उ त्यहाँ आयो होला ? के को खोजी मा ? आफु सम्पन्न छ, कुनै कुरा को कमी छैन, घर परिवार, साथी भाइ, काम, इज्जत । यो जिन्दगी ले उस्लाई सबै कुरा दिएको छ, उस्को गाँस बास र कपास को पुरै ठेगान छ आजको दिनमा तर उ आज के को खोजीमा एउटी ज्योतिषकोमा गएर आयो ? हेर्दा लाग्छ उस्को गास बास र कपास को कुनै ठेगान छैन ।  मैलो कपाल, कहिले पनि राम्ररी इस्त्री नलगाइएका लुगा, ४० भन्द कम कि हुँदा हुँदै पनि ५० माथि कि देखिने सरीर अनि सँगै रहेको एउटा प्लस्टिकको झोलामा रहेका केहि कपडा र साथमा रहेको चाइनिज ब्याग बाट पात्रो अनि कापी कलम निकाल्दा देखिएको दाँत माझ्ने बुरुस मन्जन ले उन्को गास बास ठेगान नभको स्पस्ट देखिन्थ्यो ।
तैपनी हुत्तराज र उ जस्ताहरुको भिड किन लाग्छ शर्मिला कोमा ? के को खोजी मा यस्को उत्तर दिमागमा आउनु भन्दा अगाडी नै उ आफ्नो कार्यालयको अगाडी पुगिसकेछ जहाँ एउटी आफ्नै कार्यालय कि सहकर्मी साथीले उस्को एकाग्रता भँग गर्दै गूड आफ्टरनून सर्, लन्च बाट आउनु भाको ? भन्दा उ झस्कियो । 
जबाफमा उ मुस्कुरायो मात्र, भन्न सकेन कि हैन म जोतिश देखाएर अएको, किनकी झुठ उस्ले बोल्न चाहेन र सत्य बोल्ने हिम्मत उस्ले देखाउन सकेन ।