Article

चन्द्र ग्रहण

Raju Nepal

 

चन्द्र ग्रहण

मिति २०७१ साल असोज २२ गते बुधवार ( ८ अक्टोबर २०१४ )  

स्पर्स ः दिनको २ः५९
मोक्ष ः साँझ १८ः१९
चन्द्रोदय ः साँझ १७ः५१

ग्रहण चन्द्रोदय भन्दा अगाडीनै लाग्ने हुँदा खग्राश भएपनि हामीले खण्डग्रास मात्रै देख्छौं । तसर्थ यस्तो ग्रहणलाई ग्रस्तोदित खण्डग्रास ग्रहण भनिन्छ । 

ग्रहणको सुतक बिहान ८ः५१ देखि लाग्ने भएकोले त्यसबेला देखि वाल, बृद्ध, आतुर र बिरामी बाहेक अरुले केहि खानु हुन्न । 

ग्रहण नहेर्दा राम्रो हुन्छ तैपनि हेर्दाको फल यसप्रकार रहेको छ । 

मेष ः खर्च, बृषः लाभ, मिथुनः सुख, कर्कटः माननास, सिंहः कष्ट, कन्याः स्त्रीपिडा, तुलाः सुख, वृश्चििकः चिन्ता, धनुः व्यथा, मकरः श्रीप्राप्ती, कुम्भः क्षति र मीनः घात

अझ रेवती नक्षत्र र मीन राशी भएकाहरुले त कुनै हालतमा ग्रहण हेर्नु हुन्न । 

ग्रहणमा गर्नुपर्ने काम

ग्रहणको स्पर्स र मोक्षको बेलामा नदी वा जलासय वा घरमै भएपनि स्नान गर्ने, केहि नखाने, पुराण पाठ गर्ने वा सुन्ने, सहवास आदी नगर्ने ।

जस्को ग्रहणफल नराम्रो छ, जस्को जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको ( कुण्डलीमा चन्द्रमा र राहु वा चन्द्रमा र केतु एकै ठाउँमा हुनु ) छ वा जस्को कुण्डलीमा राहु वा केतु कमजोर छन् उनीहरुले गर्नुपर्ने ः

शिवजी र भैरवको पूजा गर्ने , राहु कमजोर हुनेले राहुको जप गर्ने वा गराउने र राहु ग्रहशुक्त पाठ गर्ने त्यस्तै केतु कमजोर हुनेले केतुको जप गर्ने वा गराउने र केतु ग्रहशुक्त पाठ गर्ने । 

दान 
राहु कमजोर हुनेले ः कालो कपडा, फलाम, तील, पूर्णपात्र, तेल, मास, फलफुल आदी
केतु कमजोर हुनेले ः तील, तेल, उन, कालो कपडा, मास, नुन, खड्ग, कमलको फुल, फलफुल आदी

अन्यले पनि सोहि अनुसार दान र जप गर्ने तर राहु वा केतु कमजोर हुनेको लागि अनिवार्य । 

तपाईको जन्म कुण्डलीमा राहु वा केतुको स्थान कस्तो छ वा ग्रहण योग छ कि छैन जान्नको लागि कृपया www.rajunepal.com/astro मा जानुहोस र फारम भरेर पठाउनुहोस ।